११ फागुन, काठमाडौं । विश्वकप छनोट प्रतियोगिता खेल्न भोलि जिम्बाब्वे जाने नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बिदाइ गरेका छन् ।
बिहीबार बालुवाटारमा आयोजित कार्यक्रममा खेलाडीहरुले प्रधानमन्त्री ओलीलाई जन्मदिनको शुभकामना दिएका छन् । २००८ फागुन ११ मा तेह्रथुमको इवामा जन्मिएका ओलीले बिहीबार ६७ औं वर्षमा प्रवेश गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै कप्तान पारसले सम्पूर्ण खेलाडीहरुको तर्फबाट जन्मदिनको शुभकामना दिए ।कार्यक्रममा प्रधानमन्त्री ओलीले जन्मदिनको केक काटेर सुरुमा कप्तान पारस खड्कालाई खुवाएका थिए । उनले पूर्व घोषणाअनुसार डिभिजन टू खेलेका नेपाली टोलीका सदस्यहरुलाई जनही ३ लाखको चेक पनि हस्तान्तरण गरेका छन् ।
नेपाल विश्वकप छनोटमा पुगेसँगै क्रिकेटको माहोल तातेको भन्दै उनले राज्यले पनि खेलमा लगानी गर्ने बेला आएको बताए । उनले भने, ‘प्रधानमन्त्रीज्यूको पाँच वर्षे कार्यकालमा क्रिकेट र फुटबल रंगशाला बन्छ भन्ने अपेक्षा छ ।’
खेलाडी कुनै पार्टीको नहुने भन्दै उनले देशका लागि खेल्ने र अझै ट्रफी जित्ने सपना रहेको बताए ।












नुवाकोटमा ३ प्रतिशत मात्रै रोपाइँ
कार्यसम्पादन मूल्याङ्कन : नुवाकोटको नतिजा खस्कियाे
काठमाडौं उपत्यकामा बर्डफ्लु संक्रमण बढ्दो
किस्पाङको बजेट ४३ करोड ८३ लाख ३३ हजार
एमाले नेता खतिवडा झुण्डिएको अवस्थामा भेटिए





प्रतिक्रिया