नुवाकोट क्षेत्र नम्बर २ मा ७ जनाले स्वतन्त्र उम्मेद्धवारी दिए

विदुर खबर २०७९ असोज २४ गते ७:५४

नुवाकोट । नुवाकोट क्षेत्र नम्बर २ बाट सात जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

Advertisement

प्रतिनिधिसभा सदस्यको लागि ३ जना र प्रदेशसभा सदस्यको लागि ४ जनाले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

मंसिर ४ गते हुने संघ तथा प्रदेशको निर्वाचनका लागि छुट्टाछुट्टै रुपमा सात जनाले उम्मेदवारी मनोनयन गराएको जिल्ला न्यायाधीश एवं मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले जानकारी दिए ।

Advertisement

नुवाकोट क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यमा स्वतन्त्रबाट गायत्री दाहाल, विनोदकुमार तामाङ र सुदर्शन पुडासैनीले मनोनयन दर्ता गराएका छन् ।

प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ को लागि स्वतन्त्रबाट देवेन्द्र न्यौपाने, भरत कुमाल र शम्भुप्रसाद पनेरुले मनोनयन दर्ता गराएका छन् । यस्तै, प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ को लागि भिमराजा लामाले मनोनयन दर्ता गराएका छन् ।

Advertisement

प्रतिक्रिया