नुवाकोटको ककनीमा भेलले बगाएर बेपत्ता बालकको शव फेला
विदुर खबर
२०७९ असोज २१ गते २१:३८
नुवाकोट । मामाघर जान निस्किएका ककनी गाँउपालिका–२ का चार वर्षीय बालक श्रेयान घिमिरे मृत भेटिएका छन् ।
बिहीबार खोला तर्ने क्रममा बगेर बेपत्ता भएका श्रेयानको शव नेपाल प्रहरीले ककनी गापा–१ स्थित नुवाकोट र काठमाडौंको सीमाक्षेत्र ठाडो खोलामा भेट्टाएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए ।
उनको अनुसार ककनी–१ सिमटारबाट बिरुवातर्फ ससुराली जाने क्रममा शिवराम घिमिरेले चलाइएको बा ८० प ७९७० नं को मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा उनको चार वर्षीय छोरा श्रेयान र आठ वर्षीया छोरी वेबिसा घिमिरेलाई कोल्पुखोलाले बगाएको थियो ।
बेबिसालाई घटना लगत्तै घाइते अवस्थामा उद्धार गरे पनि उपचारको क्रममा निधन भएको थियो भने श्रेयानको शव शुक्रबार साँझ भेट्टिएको हो ।
दुर्घटनामा परेर मोटरसाइकल चालक तथा उक्त बच्चाको बुबा शिवराम घिमिरे सामान्य घाइते भएका थिए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पश्चिम एसिया तनाव : हालसम्म यूएईमा २५ नेपाली घाइते
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
विदुर किन बनेन विकास र लगानीको केन्द्र ?
पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि
ग्लोवल मन्टेश्वरी विद्या मन्दिरको १३ औँ वार्षिकोत्सव सम्पन्न





प्रतिक्रिया