विदुर १३ मा छिटो भत्ता वितरण गर्न लुम्बिनी बैंक पठाइयो : विदुर नगरपालिका

विदुर खबर २०७९ असोज १० गते २२:१८

नुवाकोट । नुवाकोटको विदुर नगरपालिकाले दशैँ अघि नै सामाजिक सुरक्षा भत्ता वितरण गर्न वडा नम्बर १३ मा लुम्बिनी विकास बैंक पठाएको बताएको छ ।

Advertisement

नगरपालिकाले सोमवार एक सुचना जारी गरि चाडपर्वको समयमा बृद्धवृद्धाहरुलाई सहज होस भन्ने अभिप्रायले गाउँघरमै पुगेर भत्ता बाँड्ने सर्तमा लुम्बिनी विकास बैंकलाई सामाजिक सुरक्षा भत्ता बाड्ने अधिकार प्रदान गरेको सुचनामा उल्लेख गरिएको छ ।

यसअघि विदुर १३ मा सामाजिक सुरक्षा वापतको भत्ता वितरण गर्दै आइरहेको आइसिएफसि फाइनान्सले गाउँमै पुगेर भत्ता वितरण गर्न नसक्ने बताएपछि लुम्बिनी विकास बैंकलाई सामाजिक सुरक्षा पावतको भत्ता वितरण गर्ने जिम्मा लगाएको विदुर नगरपालिका वडा नम्बर १३ को वडा कायाएलयले जनाएको छ ।

Advertisement

यस विषयमा नगरपालिका र मेयर राजन श्रेष्ठको नाम जोडेरे विभिन्न संचारमाध्यममा आएका कुराहरुले नकरात्मक सन्देश दिएको भन्दै नगरपालिकाले गतल सन्देशको पछि नलाग्न सबैमा आग्रह गरेको छ ।

प्रतिक्रिया