त्रिशूली जलविद्युतको आइपीओमा दोस्रो दिनसम्म ४ करोडको आवेदन

विदुर खबर २०७९ असोज ५ गते २०:४५

नुवाकोट । माथिल्लो त्रिशूली–३ बी जलविद्युत आयोजनाको प्रवद्र्धक त्रिशूली जलविद्युत कम्पनी लिमिटेडले हिजो असोज ४ देखि निष्काशन गरेको आइपीओमा दोस्रो दिनसम्म झन्डै चार करोड रुपैयाँ संकलन गरेको छ।

Advertisement

जलविद्युतको बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलकाअनुसार आइपीओ बापत बाँकीको रकम संकलनको पहिलो दोस्रो दिनसम्म १८ हजार ९१८ आवेदकबाट   ७ हजार ९७५ आवेदकबाट ३ करोड ८३ लाख २१ हजार १५१ रुपैयाँ जम्मा भएको छ। जसका लागि ४ लाख ४० हजार ४७३ कित्ताको माग भएको छ।

रसुवा र नुवाकोटमा निर्माणाधीन ३७ मेगावाटको यस आयोजनाले २०७५ सालमै प्रतिकित्ता १० रुपैयाँ संकलन गरेको थियो । जनताको जलविद्युत कार्यक्रम अन्तर्गत कम्पनीले २०७५ को चैतमा सर्वसाधारणका लागि ३७ लाख ५ हजार कित्ता (कम्पनीका कर्मचारीका लागि आरक्षण गरिएको समेत) सेयर निश्कासन गरी प्रति सेयर एक सय रुपैयाँ अङकित मूल्यको न्यूनतम १० प्रतिशतले हुने १० रुपैयाँ मात्र संकलन गरेको थियो ।

Advertisement

कम्पनीको सेयर बाँडफाँडमा सेयर पाई प्रतिकित्ता १० रुपैयाँ बुझाएका जम्मा १ लाख ५४ हजार ५ सय ५९ जना सर्वसाधारण सेयरधनीले प्रतिकित्ता बाँकी ९० रुपैयाँ बुझाउनु पर्नेछ ।

साबिकका सर्वसाधारण सेयरधनीबाट अंकित मूल्यको ९० प्रतिशतले हुन आउने प्रतिकित्ता बाँकी ९० रुपैयाँको दरले ३३ करोड ३४ लाख ५० हजार रुपैयाँ संकलन गरिने कम्पनीका प्रबन्ध–सञ्चालक मोहन प्रसाद गौतमले बताए ।

Advertisement

प्रतिक्रिया