सि डिभिजन छनोट : नुवाकोट युनाइटेड फुटवल क्लब गुप्र “ओ” मा

नुवाकोट । भोलिबाट शुरु हुने शहिद स्मारक ‘सी’ डिभिजन लिग छनौट प्रतियोगितामा नुवाकोट युनाइटेड फुटवल क्लब समुह “ओ” परेको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनमा हुने प्रतियोगितामा नुवाकोटबाट प्रतिनिधित्व गरेको नुवाकोट युनाइटेड फुटवल क्लब समुह “ओ” परेको हो ।
नुवाकोट युनाइटेड फुटवल क्लबसँगै समुह “ओ” च्याम्पियन व्वाईज फुटबल क्लब कोटेश्वर र ईमाडोल युनिटि क्लब ललितपुर रहेका छन् ।
नुवाकोट युनाइटेड फुटबल क्लबले पहिलो खेल आगामि असोज २९ गते च्याम्पियन व्वाईज फुटबल क्लब कोटेश्वर र समुहको अन्तिम खेल कार्तिक ४ गते ईमाडोल युनिटि ललितपुरसँग प्रतिष्पर्धा गर्नेछ ।
दुबै खेल एन्फा कम्प्लेक्स सातदोबाटाकोे खेल मैदानमा हुने आयोजकले बताएको छ ।
एन्फाले सहभागी ६० क्लबलाई प्रत्येक समूहमा ३ क्लब राखेर २० समूहमा विभाजन गरेको छ । हरेक समूहको विजेता नकआउट चरणमा प्रवेश गर्ने छन् । नकआउट चरणलाई २ समूहमा विभाजन गरिएको छ ।
दुई समूहका विजेता ‘सी’ डिभिजन लिगमा छनोट हुनेछन् र फाइनलमा दुई समूह विजेता भिड्ने छन ।
यस अघि गतवर्ष सम्पन्न छनोट खेलमा नुवाकोट युनाइटेड फुटवल अन्तिम समयमा आएर प्रतियोगिताबाट वाहिरिएको थियो ।
प्रतिक्रिया