रसुवागढी हाइड्रोपावरको आईपीओ बाँडफाँट

विदुर खबर २०७९ भदौ २९ गते ११:२१

नुवाकोट । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले भदौ २८ गते मंगलबार आईपीओ बाँडफाँट गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि बिक्री गरेको शेयर बाँडफाँट गरेको हो।

Advertisement

कम्पनीले असार १३ गतेदेखि साउन ३१ गतेसम्म आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि छुट्याइएको १० प्रतिशत अर्थात ६८ लाख ४२ हजार १०० कित्ता साधारण शेयर निष्काशन गरेको हो। सो शेयरमा अति प्रभावित क्षेत्र गोसाइकुण्ड, वडा नं. १ थुमन र वडा नं. २ टिमेरे, प्रसारण लाइनबाट प्रभावित हुने आमाछोदिङमो गाउँपालिका वडा नं. ४ गोल्जुङ र वडा नं. ५ चिलिमेका साथै गोसाइ कुण्ड गाउँपालिकाका बाँकी वडाहरु, वडा नं. ४ लाङटाङ, वडा नं. ५ स्याफ्रुबेशी र वडा नं. ६ धुन्चे तथा सामान्य प्रभावित बाँकी सम्पूर्ण जिल्लाका बासिन्दाहरुले आवेदन दिएका थिए।

निष्काशन गरिएको कुल १० प्रतिशत शेयरमा अति प्रभावित क्षेत्र, प्रभावित क्षेत्र र सामान्य प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि क्रमशः ४.५ः१.५ः१ अनुपातमा बाँडफाँट गरिएको हो।

Advertisement

शेयर बाँडफाँट सम्बन्धी विवरण धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल, सह निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल, ग्लोबल आइएमई क्यापिटल र सनराइज क्यापिटलको वेबसाइट अथवा सिडिएस एण्ड क्लियरिङ्गको वेबसाइटबाट हेर्न सकिनेछ।

 

Advertisement

प्रतिक्रिया