विदुर खानेपानी मतगणना : संजीव श्रेष्ठको प्रारम्भीक अग्रता

विदुर खबर २०७९ भदौ २२ गते २१:५७

नुवाकोट । विदुर खानेपानीको मतगणनामा संजीव श्रेष्ठले प्रारम्भीक अग्रता लिएका छन् ।

Advertisement

हालसम्म ४७ मत गणना हुँदा एमालेको तर्फबाट अध्यक्षको उम्मेद्धवार रहेका संजीव श्रेष्ठले ३४ मत प्राप्त गर्दा गठबन्धनका तर्फबाट साझा उम्मेद्धवार रहेका छत्र वहादुर डंगोलले ११ मत प्राप्त गरेका छन् ।

यस्तै उपाध्यक्षमा गठबन्धनका नवराज न्यौपानेले २१ मत प्राप्त गर्दा राप्रपाका महेशकुमार डंगोलले १९ मत प्राप्त गरेका छन् ।

Advertisement

सचिवमा नरेन्द्र डंगोलले १३ मत प्राप्त गर्दा राजेन्द्र पाण्डेले ३१ मत प्राप्त गरेका छन् । त्यस्तै कोषाध्यक्षमा अम्बिका चित्रकारले २५ मत प्राप्त गर्दा रविता भट्टले १७ मत प्राप्त गरेकी छिन् ।

यस्तै महिला सदस्यमा शुशिला भट्टले १४, शान्ति श्रेष्ठले १२, विष्णु माया डंगोल २८ र सिता अधिकारीले २४ मत प्राप्त गरेका छन् ।

Advertisement

यस्तै पुरुष सदस्यमहरुमा लवप्रसाद न्यौपाने २२, कृष्ण प्रसाद भट्ट २२, दिपक तिमिलसेना २३, राजेन्द्र सापकोटा १२, राम जी भट्ट १८ र पदमकान्त न्यौपानेले १० मत प्राप्त गरेका छन् ।

 

प्रतिक्रिया