रसुवाको माथिल्लो मैलुङ खोला जलविद्युतले आईपीओ निष्काशन गर्ने

विदुर खबर २०७९ भदौ २० गते ९:२१

नुवाकोट । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ।

Advertisement

कम्पनीले आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्न असोज ९ गते विहान ११ बजे अकामा होटल, धुम्बाराही काठमाडौंमा नवौं वार्षिक साधारण सभा बोलाएको हो ।

सभाले सर्वसाधारणको लागि आईपीओ निष्काशन गर्ने, आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि छुट्याईएको शेयर बिक्री तथा बाँडफाँट गर्ने र आईपीओ निष्काशनबाट प्राप्त हुने रकमको उपयोग सम्बन्धी योजना तथा रणनतिहरु समेत निर्धारण गर्नेछ ।

Advertisement

यस्तै अधिकृत पूँजी वृद्धि गर्ने लगायतको कामको लागि कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी समेत प्रदान गर्नेछ ।

सभाले संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने १ जना महिला सञ्चालक समेत चयन गर्नेछ ।कम्पनीले रसुवा जिल्लाको उत्तरगया गाँउपालिकामा –१ मा १४.३ मेगावाटको माथिल्लो खोला जलविद्युत आयोजना निर्माण गर्दैछ ।

Advertisement

 

प्रतिक्रिया