नुवाकोट क्षेत्र नम्बर २ को प्रदेश (ख) मा प्रत्यक्षमा कांग्रेसबाट ३ जना सिफारिस
विदुर खबर
२०७९ भदौ १८ गते १५:३०

नुवाकोट । नेपाली कांग्रेस नुवाकोट क्षेत्र नम्बर २ को प्रदेश (ख) ले निर्वाचनका प्रत्यक्षतर्फ ३ जनाको नाम सिफारिस गरेको छ ।
विहीवार बसेको नेपाली कांग्रेस क्षेत्र नम्बर २ को प्रदेश ख कार्यसमितिको बैठकले आगामी मंसिर ४ गते हुने प्रदेशसभाको निर्वाचनको लागि प्रत्यक्षतर्फ ३ जनाको नाम सिफारिश गरेको हो ।
प्रदेश ख को कार्यसमितिको बैठकले प्रदेशसभा निर्वाचनको क्षेत्रिय सभापति जगतवहादुर तामाङ, फैसिङ तामाङ र राजकुमार भट्टराईको नाम सिफारिस गरेको नुवाकोट क्षेत्र नम्बर २ का प्रदेश ख का सभापति गणेश तामाङले जानकारी दिए ।
यस्तै समानुपातिकतर्फ चोकराज शाक्य, सुरेन्द्रराज अधिकारी, श्री प्रसाद सापकोटा, सिंहराज तामाङ, गर बहादुर तामाङ, महेन्द्र तामाङ, जितेन तामाङ, हरि श्रेष्ठ, शान्ति लामा, सुन माया तामाङ, बिन्दा अर्याल, चन्दन घले र किरण नेपालीको नाम सिफारिस गरेको छ ।
सम्बन्धित
प्रतिक्रिया