गोसाइँकुण्डमा तीन लाख २२ हजार १५ रुपैयाँ भेटी सङ्कलन

विदुर खबर २०७९ भदौ ९ गते १०:३४

नुवाकोट । रसुवा जिल्लाको प्रमुख धार्मिकस्थल गोसाइँकुण्डमा यस वर्षको जनैपूर्णिमाको मेलामा दर्शनार्थीले चढाएको तीन लाख २२ हजार एक सय १५ रुपैयाँ भेटी संकलन भएको छ ।

Advertisement

गोसाइँकुण्ड क्षेत्र विकास समिति रसुवाको अध्यक्ष सञ्जीव डिएमका अनुसार १० दिनसम्म चलेको जनैपूर्णिमा मेलामा यसपटक १० हजारभन्दा बढी दर्शनार्थी आएका थिए ।

जनैपूर्णिमाको अवसरमा नुवाकोट, धादिब,रामेछाप, धादिब, भक्तपुर, पर्वत, लमजङ, तनह, रौतहट, नवलपरासी, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, झापा, ललितपुर, काठमाडौंलगायतका देशभरका तीर्थयात्री दर्शनका लागि आएको जानकारी समितिले दिएको छ ।

Advertisement

दर्शनार्थीबाट नेपाली रुपैयाँ तीन लाख २२ हजार एक सय १५ सहित विदेशी मुद्रा यूएस डलर दुई रुपैयाँ र मलेसियाको ६ रुपैयाँ रिब्गेट रहेको छ । गोसाइँकुण्ड गाउँपालिका– ५ मा रहेको गोसाइँकुण्डमा नागपञ्चमीदेखि जनैपूर्णिमासम्म १० हजारभन्दा बढी बौद्ध तथा हिन्दू धर्मावलम्बी भगवान् शिवको दर्शन गर्न आएको अनमान समितिले गरेको छ ।

यस क्षेत्रमा १४ प्रजातिका लालीगुराँस, लोपोन्मुख वन्यजन्तु, विभिन्न प्रजातिका वनस्पति र चरा रहेका छन् । कण्डनजिकै अमरसिंह गुफासमेत रहेको छ । यात्राको क्रममा घट्टेखोला, देउराली, डिम्सा, चन्दनबारी, चोलाबपाटी, लौरीबिना, बुद्धडाँडा र गणेशगौँडाजस्ता स्थानबाट मनोरम दृश्यावलोकन गर्न सकिन्छ ।

Advertisement

गोसाइँकण्ड नेपालको दोसो ठूलो पदमार्गअन्तर्गत पर्दछ । धेरैजसो स्वदेशी तथा विदेशी विद्यार्थी यस क्षेत्रमा अध्ययन तथा अन्वेषणका लागि आउने गरेको गोसाइँकण्ड क्षेत्र विकास समिति रसुवाका अध्यक्ष डिएमले बताए ।

 

प्रतिक्रिया