प्रहरीलाई कुटेको आरोपमा बेलकोटगढीका तीनजना पक्राउ

विदुर खबर २०७९ भदौ ८ गते २१:५६

नुवाकोट । मादक पदार्थ सेवन गरि प्रहरीलाइृ हातपात गर्ने नुवाकोटको बेलकोटगढी नगरपालिकाका तीन युवक पक्राउ परेका छन् ।

Advertisement

पक्राउ पर्नेमा बेलकोटगढी नगरपालिका वडा नम्बर ९ का रामबहादुर तामाङ, जेनिस भन्ने मानबहादुर तामाङ र सुबास तामाङ रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

यहि सोमवार राती ११ बजे मादक पदार्थ सेवन गरि सडकमा हल्ला गरिरहेका उनीहरुले सम्झाउँदा प्रहरीहरुलाई बिभिन्न अपशब्द प्रयोग गरी हातपातको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

Advertisement

उनीहरुलाई पक्राउ गरी जिल्ला प्रशासन कार्यालय नुवाकोटबाट अभद्र ब्यबहार
मुद्दामा म्याद लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका सुचना अधिकारी रुपक खड्काले जानकारी दिए ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement

प्रतिक्रिया