काठमाडौँमा कोभिडलाईनै बिर्साउने गरी डेंगो फैलिएको अवस्था छ : डा.पुन
नुवाकोट । काठमाडौँ उपत्यका यतिबेला डेंगोमय भएकोछ । नेपालमा सन् २०१९ मा फैलिएको डेंगो र २०२० मा फैलिएको कोभिडलाई नै बिर्साउँने गरी डेंगो फैलिएको छ । डेंगोले मानिस फटाफट नमार्ला तर शारीरिक पीडा अत्यधिक भएको पाईएको सरुवारोग अस्पताल टेकूका सरुवारोग विशेषज्ञ डा.शेरबहादुर पुन बताउँनुहुन्छ ।
उहाँ भन्नुहुन्छ- कालो सेतो रंगको (जेब्रा) लामखुट्टेको नियन्त्रण नगरि डेंगोको समस्या समाधान हुँदैन । नेपालमा पहिला बर्षहरुमा दशै तिहार ताका फैलने गरेको डेंगो यसपालि डेढे महिना अघि नै फैलिएको छ । यसले अझै डेढ महिना सम्म समय लिने हुनाले डेंगोले कोभिड भन्दा गम्भीर रुप नलेला भन्न सकिन्न । यसका लागि नेपाल सरकार, आम नागरिकले सरसफाई लगायत लामखुुटेको पहिचान गरी निर्मुल गर्नुको विकल्प नभएको अवस्थामा खासै प्रगति हुन सकेको छैन ।
डेंगो सेरो टाईप फरक हुन गयो र पुन : दोहोरिन गयो भने थप जोखिम हुन सक्छ । काठमाडौँमा मात्र १ हजार भन्दा बढी डेंगाका बिरामी रहेका र कतिपयले अस्पताल नै नआई नजिकैको औषधिपसल, क्लिनिक, निजी असपतालमा गएर उपचार गराएको हुन सक्छ ।
यस्तो अवस्थामा अध्ययन अनुसन्धान हुन सकेको छैन र सरकारले सार्वजनिक गरेको तथ्यांक नेपाल सरकारको मातहतमा रहेका अस्पतालमा उपचार गराउनेहरुको । पहिला तराई क्षेत्रमा मात्र फैलिने गरेको थियो अहिले काठमाडौमै महामारीको रुपमा फैलदैछ । यसको नियन्त्रण गर्न सकिएन भने ठूलो समस्या आउँन सक्छ । डेंगोको समस्यामा धेरै पीडादायी दुखाई हुन्छ । डेंगो नियन्त्रणका लागि सरकार र नागरिक दुबै सजक हुनुपर्छ । डेंगोको आफ्नै लाईफ साईकल छ जस्लाई डेंगो लागेको छ उस्लाई हड्डी नै भाचिएझै दुख्छ ।
पहिला पहिला कोभिडको समस्याको फोन आउँथ्यो अहिले डेंगोले काठमाडौलाई ठूलो संक्रमण गर्यो । काठमाडौको फोहोर व्यवस्थापन गर्न नसक्नुपनि डेंगोरोग बढ्नका लागि स्वर्गनै बन्दै गएको छ । सन् २०१९ को अवस्थामा पुन: डेंगो फैलदै छ । डेंगोको बिषयमा नेपाल सरकारले विशेष ध्यान दिने बेला आईसकेकोछ । पहिला नै तयारी गर्नुपर्ने अवस्था हो अहिले सम्म सरकार गम्भिर हुन नसकेको डा. पुन बताउँनुहुन्छ ।
डेंगो रोग कसरी चिन्ने भन्ने बारेमा डा. पुन भन्नुहुन्छ लगातार ३ देखि ४ दिन अर्थात् एक सातासम्म ज्वरो आउँने र ज्यान असाथ्य दुख्ने भयो भने डेंगोको लक्षण हो भन्ने शंका गरि चिकित्सकको सल्लाह लिई उपचार गर्नु उपयुक्त हुने डा. पुन बताउँनुहुन्छ । सामान्य अवस्थामा ज्वरो आउँदा असाध्य ज्यान दुख्दैन तर डेंगोको ज्वारो आउँदा ज्यान भित्र भित्रै दुख्ने काम छुट्ने गरि ज्वरो आउँने हुन्छ । तर आफूखुशी पेनकिलर, ब्रुफिन जस्ता औषधिहरु खानु हुन्न र सामान्य सिटामल, प्यारासिटामल सम्म खान सकिन्छ । तर चिकित्सकको सल्लाह बेगर आफू खुशी औषधि नखान पनि डा. पुन सल्लाह दिनुहुन्छ ।
नेपालमा पछिल्लो समय काठमाडौमा जनघनत्व बढ्नुका साथै ठूला ठूला उद्योग कलकारखान खुल्ने, गाडिका ग्यारेजहरु बढ्ने, प्लाष्टिकको प्रयोग धेरै हुने कारणले गर्दा लामखुटेले जमेको पानीमा सुरक्षित बास बनाउँने र मासिनलाई टोकी एक व्यक्तिको रगत चुस्ने र पुन: अर्को व्यक्तिलाई टोक्दा डेंगो एक व्यक्तिलाई छ भने अर्कोमा तुरुन्तै सर्ने गर्छ ।
यसको रोकधामको प्रमखु उपाय भनेको लामखुटेको बास नष्ट गर्नु, लामखुट्टेको पहिचान गरि मार्नु र घरमा बस्दा पुरा शरिर ढाक्ने लुगा लगाउँने र सकेसम्म झाडि, पानी जम्ने ठाउँमा नजाने गर्नु उपयुक्त हुने डा. पुन बताउँनुहुन्छ । यसका साथै घरमा दिउसै सुत्दापनि झुल लगाएर सुत्ने गर्नुपर्दछ । लामखुट्टेबाट बच्नका लागि सक्दो घरवरीपरि खाल्डाखुल्डा र पानी जम्ने ठाउँ पुर्नु र निर्मुलीकरण गर्नुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जोड दिएकोछ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












बागमती प्रदेशमा भारी वर्षाको संभावना, सतर्कता अपनाउन आग्रह
मनाङमा हिमपातपछि फसेका व्यक्तिहरुको उद्धार
नुवाकोटमा वर्षातकै बीचमा धान भित्र्याउन किसान व्यस्त
रसुवामा हिमपातको सम्भावना,सर्तकता अपनाउन आग्रह
जेनजी आन्दोलनमा प्रहरी हत्याको आरोपमा रसुवाका सौरभ समातिए





प्रतिक्रिया