प्रजातान्त्रिक विचार समाज नुवाकोटको अध्यक्षमा नेपाल

विदुर खबर २०७९ भदौ ४ गते २१:५९

नुवाकोट । प्रजातान्त्रिक विचार समाज नुवाकोटको अध्यक्षमा होमनाथ नेपाल चयन निर्वाचित भएका छन् ।

Advertisement

शनिवार सम्पन्न भएको पाँचौ अधिवेशनले नेपालको नेतृत्वमा निर्विरोध रुपमा कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा मञ्जु चित्रकार, सचिवमा पर्शुराम अर्याल, सहसचिवमा वद्रिराम प्याकुरेल र कोषाध्यक्षमा जानुका अधिकारी निर्वाचित भएका छन् ।

Advertisement

यस्तै समितिको सदस्यहरुमा गोकर्ण पुडासैनी, अष्टमान डंगोल, दिपक तिवारी, माधवराज शिलवाल, गोकर्ण नेपाल र रामचन्द्र ढुङगेल चयन भएका छन् ।

त्यस्तै अन्य सदस्यहरुमा मणिराज घिमिरे, गणेश पाण्डे, अर्जुन घिमिरे, भगवति घिमिरे र शम्भुप्रसाद शर्मा रहेका छन् ।

Advertisement

यस्तै केन्द्रिय प्रतिनिधिहरुमा हरेराम गिरि, नारायनमान डंगोल, शिवप्रसाद रिजाल, सन्तोष नेपाल, शालिकराम चालिसे, विश्वरुप अधिकारी र सचिता नन्द उप्रेती लगायत रहेका छन् ।

त्यस्तै अन्य केन्द्रिय प्रतिनिधिहरुमा सडानन्द अर्याल, रामेश्वर मिश्र, सुनिल श्रेष्ठ, रामवहादुर थापा, शम्भुप्रसाद शर्मा, मुकुन्दराज अर्याल, वसन्तजंग ठकुरी र उपेन्द्र बुढाथोकी रहेका छन् ।

एक साताअघि भएको अधिवेशनमा सहमति जुट्न नसकेपछि आज सहमतिमार्फत कार्यसमितिको अध्यक्ष चयन गरिएको हो ।

 

प्रतिक्रिया