दुप्चेश्वरका बाढी पहिरो पिडितलाई अस्थायी आवास सामग्री बितरण
नुवाकोट । दुप्चेश्वर गाँउपालिकामा बाढी र पहिरोबाट घर जोखिममा परेकाहरुलाई अस्थायी आवासको लागी टेन्ट वितरण गरिएको छ ।
गत साउन २४ गते रातीको अबिरल बर्षासंगैको बाढि पहिरोले घरमा क्षति पु¥याएको २९ परिवारको लागी टेन्ट, त्रिपाल, कम्बल र हाईजिन किट एक÷एक थान बितरण गरिएको गाँउपालिकाका अध्यक्ष शंकरबहादुर थापाले जानकारी दिनुभएको छ ।
जिल्ला विपद व्यवस्थापन समिति मार्फत २९ थान टेन्ट र नेपाल रेडक्रस सोसाईटी नुवाकोट मार्फत २९ थान त्रिपाल, २९ थान कम्बल र २९ थान हाईजिन किट प्राप्त भएकाले घर उच्च जोखिममा परेका २९ परिवारलाई बितरण गरिएको अध्यक्ष थापाले बताउनुभएको छ ।
वडा अध्यक्षहरुबाट संकलन भएको वास्तविक २९ घरपरिवार पिडितहरुलाई सामग्री बितरण गरिएको गाँउपालिकाले जनाएको छ । वाढी र पहिरोबाट अन्य घरहरुपनि जोखिममा परेको जानकारी आएमा तत्काल अस्थायी बासको लागी व्यवस्थाको प्रबन्ध मिलाईएको गाँउपालिकाका अध्यक्ष शंकरबहादुर थापाले जानकारी दिनुभएको छ ।
सामग्री बितरण गर्दै जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्र बिक्रम सिंह ठकुरीले बाढी र पहिरोबाट पिडित भएकाहरुलाई तत्कालको लागी सुरक्षित स्थानमा बासस्थानको व्यवस्था मिलाउन टेन्ट, त्रिपाल र कम्बल बितरण गरिएको बताउनुभएको छ ।
उहाँले गत साउन २४ गतेको वाढी र पहिरोले अन्य परिवारपनि जोखिममा परेको वास्तविक तथ्याङ आएमा अस्थायी रुपमा तत्कालै सुरक्षित बासस्थानको लागी व्यवस्था गरिने भएकाले वडा अध्यक्षहरुलाई वास्तविक पडितहरुको पहिचान गर्नको लागी निर्देशन दिनुभएको छ ।
सामग्री बितरण गर्दै सहायक प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले जोखिममा परेका पिडितहरुले प्राप्त गरेको सामग्रीहरुको सहि सदुपयोग गरी सुरक्षित स्थानमा बासस्थानको व्यवस्था मिलाउनको लागी आग्रह गर्नुभएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी अर्यालले बर्षातको समय अझै बाँकी रहेकाले सचेत भएर सुरक्षित स्थानमा बस्नको लागी सबै नागरिकहरुलाई आग्रह गर्नुभएको छ । बिपदको समयमा सरकारको मुख ताकेर नबसी सामाजिक कार्यमा सक्दो सहयोग गरी समाजमा एकअर्कालाई सहयोग गर्नको लागी उहाँले आग्रह गर्नुभएको छ ।
वर्षाले दुप्चेश्वर गाँउपालिकाको वडा नम्बर २, ३, ४, ५ र ६ मा ४० भन्दा बढी घरमा क्षति पु¥याउनुका साथै र हजारौ रोपनी धानखेतमा क्षति पु¥याएको थियो ।
बुधबार क्षति पु¥याएको स्थानको संघिय साँसद हितबहादुर तामाङ र बागमती प्रदेशका उपसभामुख राधिका तामाङले निरिक्षण गरी सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिनुभएको थियो ।
बिषयगत कार्यालयका प्रमुख एवं प्रतिनिधि सहित बाढी पहिरोले पु¥याएको क्षतिको निरिक्षण गर्न पुगेका तामाङद्धयले समुन्द्रटारदेखी राउतबेशीको झघरेसम्म निरिक्षण गरी सम्बन्धित कार्यालय र गाँउपालिकालाई यथासक्य बास्तविक क्षति संकलन र उचित व्यवस्थापनको लागी निर्देशन दिनुभएको थियो ।
राहत सामग्री बितरणमा गाँउपालिकाका उपाध्यक्ष माकुरी तामाङ, वडा नम्बर १ का अध्यक्ष सिताराम तामाङ, वडा नम्बर २ का अध्यक्ष बिरवल तामाङ, वडा नमबर ३ का अध्यक्ष ज्ञानबहादुर तामाङ, वडा नम्बर ५ का अध्यक्ष प्रेमबहादुर तामाङ, वडा नम्बर ७ का अध्यक्ष बुद्धिमान तामाङ, खरानीटार प्रहरी चौकीका ईञ्चार्ज प्रहरी निरिक्षक योगेश खरेल, गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बिनोदकुमार अधिकारलगायतको सहभागिता रहेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












विदुरका एसईई उत्तीर्ण विद्यार्थीलाई निशुल्क कम्प्युटर डिप्लोमा कोर्स
किस्पाङका कृषकहरूलाई ५० प्रतिशत अनुदानमा दुहुनो गाई भैंसी वितरण
ब्लड डोनर्स एसोसिएसन नुवाकोटको रत्तदान कार्यक्रम सम्पन्न
नुवाकोटको तारकेश्वरका विक्रम थापा मगर पक्राउ
लाङटाङमा रोपिएको स्याउ सप्रिएपछि गाउँले खुशी





प्रतिक्रिया