सिंगापुरद्धारा नेपालसामु १ सय ५२ रनको लक्ष्य

विदुर खबर २०७५ भदौ १७ गते ४:३५

Advertisement

एसिया कप छनोटको चौथो खेलमा सिंगापुरले नेपालसामु १ सय ५२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस जितेर सुरुवाती व्याटिङ गरेको सिंगापुरले ४२ औ ओभरमा अलआउट हुदै १ सय ५१ रन मात्र बनाउन सक्यो । चेतन रामचन्द्रले सर्वाधिक ६० रन बनाउनु बाहेक अन्यको प्रर्दशन उल्लेख्य रहेन । नेपालका ललित राजवंशी र सन्दिप लामिछानेले समान ३\३ विकेट लिए । सोमपाल कामीको नाममा दुई विकेट रह्यो । एसिया कपमा छनोट हुने सम्भावना जिवितै राख्न नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ । नेपाल ३ खेलको समाप्तिमा मात्र २ अंक जोडेको छ । एसिया कपमा छनोट हुने लक्ष्यसहित मलेसिया पुगेको नेपाल आज कमजोर मानिएको सिंगापुरलाई हराएर आफ्नो लक्ष्य जीवितै राख्न चाहन्छ ।  पहिलो खेलमा ओमान र दोस्रो खेलमा युएईसंग पराजित भएको नेपालले शनिबार आयोजक मलेसियालाई हराएको थियो ।

Advertisement

उक्त जितपछि एसिया कप छनोटको फाइनल खेल्ने नेपालको सपना जीवितै रहेको थियो । र, सिंगापुरविरुद्ध जित निकाल्दै नेपाल छनोटको फाइनलको लागि बलियो दाबी पेश गर्न चाहन्छ । यस्तै नेपाल अघिल्ला तीनै खेल हारेको सिंगापुरविरुद्ध सहज जितको खोजीमा रहनेछ । यता, सिंगापुर नेपाललाई हराएर पहिलो जितको खोजीमा रहेको छ । तर, पछिल्लो खेलको नतिजाको आधारमा नेपालविरुद्ध सिंगापुरले आश्चर्यजनक नतिजा निकाल्ने सक्ने सम्भावना भने कमजोर छ ।

एसिया कप छनोटको शीर्ष दुईमा पुग्न नेपाललाई सिंगापुरविरुद्ध जित्नै पर्ने दबाबमा रहेको छ । पराजय बेहोरेको खण्डमा नेपालको एसिया कप सपना सकिनेछ । नेपाल अंक तालिकाको पुछारबाट दोस्रो स्थानमा छ । नेपालले दुई अंक जोडेको छ । तर, अन्य खेलको नतिजा आफू अनुकुल आएमा नेपालको सम्भावना भने रहन्छ । राउण्ड रोबिनको आधारमा जारी छनोटको शीर्ष दुई मध्येको एक टोलीले एसिया कपको टिकट काट्ने छ । अर्थात्, शीर्ष दुई टोलीले फाइनलमा स्थान बनाउनेछन् । फाइनलको विजेताले एसिया कप खेल्नेछ । लिगको शीर्ष स्थानमा अपराजित ओमान रहेको छ । ओमानको ६ अंक छ । यस्तै हङकङको ४ अंक रहदा यूएइले पनि ४ अंक जोडेको छ । मलेसिया र नेपालको खातामा दुई अक छ । सिंगापुर अंकबिहिन रहेको छ ।

Advertisement

नेपाल भर्सेस सिंगापुर (हेड टु हेड)

सिंगापुरविरुद्ध पछिल्लो पाँच खेलमा नेपालले हार बेहोर्नु परेको छैन । यस्तोमा नेपालले आजपनि  सिंगापुरलाई हराउने अड्कल काटिएको छ । जारी प्रतियोगिताको प्रदर्शन हेर्नेहो भने नेपालले सहजै हराउनेछ ।

सन् २००८ (एसीसी एलिट ट्रफी) : नेपाल ६ विकेटले विजयी

सन् २०१० (विश्व क्रिकेट लिग डिभिजन-५) : नेपाल १६ रनले विजयी

सन् २०१० (एसीसी एलिट ट्रफी) : नेपाल २१ रनले विजयी

सन् २०१४ (विश्व क्रिकेट लिग डिभिजन-४) : नेपाल ५ विकेटले विजयी

सन् २०१४ (विश्व क्रिकेट लिग डिभिजन-३ ) :  नेपाल १९० रनले वि

प्रतिक्रिया