पहिरो पिडितलाई सहयोग गर्ने अधिकारीको प्रबिद्धता

नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिकाका अध्यक्ष शिव अधिकारीले पहिरो पिडितलाई सहयोग गर्ने प्रतिवद्धता व्यत्त गरेका छन् ।
गाउँपालिकाको वडा नम्बर २ बदेली निवासी दिनेश श्रेष्ठको घर र परिवारको अवस्थाबारे स्थलगत अवलोकन गरेपछि उनले २० हजार रुपैयाँ सहयोग गर्ने प्रतिवद्धा व्यक्त गरेका छन् ।
बर्षातको कारण पहिरोले घर पुर्न लागेको र घर भित्र पानी पसेर मान्छे बस्न सक्ने अवस्था समेत नरहेको गुनासो बढेपछि गाउँपालिकाका अध्यक्ष अधिकारी आफै पहिरो पिडितको घर स्थलगत अवलोकन गर्न गएका थिए ।
उनले घर नजिक गएको स्थलगत अवलोकन गरि पिडितको गुनासो सुन्नुका साथै परिवारलाई २० हजार रुपैयाँ नगद सहयोग प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
उनले पालिकावासीहरुको जनधनको सुरक्षाका लागि सधैँ तयार रहेको भन्दै आवश्यक पर्दा अन्य सहयोग समेत उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया