अपहरण गरेको आरोपमा शिवपुरी गाउँपालिकाका केसी पक्राउ 

विदुर खबर २०७९ साउन २० गते १०:४०

नुवाकोट । चिनियाँ नागरिकसहित दुई जनालाई अपहरण गरी १ करोड रुपैयाँ फिरौती माग्ने नुवाकोटको शिवपुरी गाउँपालिकाका एकजनासहित ६ जना पक्राउ परेका छन् ।

Advertisement

पक्राउ पर्नेमा नुवााकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ६ का २७ वर्षीय विनोद केसी रहेका छन् ।

यस्तै पक्राउ पर्ने अन्यमा गोरखा आरुघाट गाउँपालिका ७ का ३७ वर्षीय कर्णबहादुर गुरुङ, सिरानचोक गाउँपालिका ५ का २८ वर्षीय लक्ष्मण गुरुङ, सर्लाही लालबन्दी नगरपालिका ११ का २९ वर्षीय रोहित मगर, प्यूठान प्यूठान नगरपालिका ८ का २८ विशाल मगर र बर्दिया राजापुर नगरपालिका १० का २८ वर्षीय शिव सुनारलाई अपहरणमा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

Advertisement

बुधबार साँझ काठमाडौं महानगर २६ कपुरधाराबाट ओखलढुङ्गा, चिशखुगढी गाउँपालिका ५ चिसापानी घरभई वनस्थली बस्ने २६ वर्षीय सूर्यबहादुर राई र चिनियाँ नागरिक काठमाडौं २ लाजिम्पाट बस्ने याङ याङलाई अपहरण गरी होटलमा लगेर १ करोड रुपैयाँ फिरौती मागेको आरोप उनीहरुमाथि लागेको छ ।

पक्राउ परेकाहरुविरुद्ध मुलुकी अपराध संहिता ऐन, २०७४ को परिच्छेद–१७ को अपहरण वा शरीर बन्धकसम्बन्धी कसूरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई अनुसन्धानका लागि प्रहरी परिसर काठमाडौंमा राखिएको एसपी मैनालीले बताए ।

Advertisement

प्रतिक्रिया