सीडीओको कार्यसम्पादन प्रतिवेदनः नुवाकोटको सन्तोषजनक प्रगति

विदुर खबर २०७९ साउन २० गते ९:१९
CDO Office nuwakot

नुवाकोट । गृह मन्त्रालयको कार्यसम्पादन मूल्यांकनमा जिल्ला प्रशासन कार्यालयले सन्तोषजनक प्रगति हासिल गरेको छ ।

Advertisement

बिहीबार मुल्यांकन समितिका संयोजक एवम मन्त्रालयको मूल्याांकन महाशाखाका प्रमुख भीष्मकुमार भुसाल र प्रशासन महाशाखाका प्रमुख टेकबहादुर केसीले बुझाएको प्रतिवेदनअनुसार नुवाकोट उत्कृष्ट जिल्ला भित्र पर्न सफल भएको हो ।

जिल्ला प्रशासन कार्यालयको कार्यसम्पादन मूल्यांकनको स्तर ८० देखि ९० प्रतिशतको बीचमा रहेको छ

Advertisement

यस्तै छिमेकी जिल्ला रसुवाले ९० प्रतिशतभन्दा बढी अंक प्राप्त गरेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले शान्ति सुरक्षा, अपराध नियन्त्रण, सुशासन र सेवा प्रवाह, लागूऔषध नियन्त्रण, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, मुआब्जा वितरण र विकास निर्माणमा समन्वय तथा आर्थिक प्रशासनसमेत गरी ६८ वटा परिसूचकहरूमा मुल्यांकन गरी प्रतिवेदन तयार गरिएको छ ।

Advertisement

प्रतिक्रिया