नुवाकोटमा आजदेखि मतदाता संकलन बन्द हुने

नुवाकोट । सरकारले मंसिर ४ गते एकै चरणमा देशभर प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति घोषणा गरेसँगै जिल्ला निर्वाचन कार्यालय नुवाकोटले आजबाट मतदाता संकलन बन्द गर्ने भएको छ ।
मतदाता नामावली ऐन, २०७३ अनुसार जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा इलाक प्रशासन कार्यालयबाट भइरहेको मतदाता नामावली संकलन आजेदेखि स्थगित हुने छ ।
साथै अनलाइन प्रविधिमार्फत मतदाता नामावली संकलनका लागि अनलाइन फारम भरी औँठा छाप र फोटो खिच्नका लागि आवेदन मिति निर्धारण भएका व्यक्तिहरूको हकमा साउन २१ गतेसमम औँठा छाप र फोटो लिने व्यवस्था मिलाइएको छ ।
मतदान स्थल तथा मतदान केन्द्रहरूको पुनरावोलकन गरी अद्यावधिक गरिने छ । नेपालको संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता प्रक्रिया तुरुन्त प्रारम्भ गरिने छ ।
प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन ऐन बमोजिम निर्वाचन कार्यतालिका र कार्यक्रम स्वीकृत गरी आवश्यक कार्य गरिने छ ।
समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यालय स्थापन गरी यथाशीघ्र कार्य सुरु गरिने छ । निर्वाचनका लागि आवश्यक जनशक्तिको आकलन गरी विवरण संकलन तथा अद्यावधिक गरिने छ ।
निर्वाचनका लागि आवश्यक बजेट तर्जुमा गरी प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन आर्थिक कार्यविधि व्यवस्थापन निर्देशिका तयार गरी सहमतिका लागि यथाशीघ्र अर्थमन्त्रालय पठाइनेछ ।
निर्वाचन पर्यवेक्षण निर्देशिका स्वीकृत गरी निर्वाचन पर्यवेक्षणका लागि अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूलाई आह्वान गर्ने प्रक्रिया शीघ्र प्रारम्भ गरिने छ ।
प्रतिक्रिया