सुर्यगढी कांग्रेसमा कारवाहीको जुहारी
नुवाकोट । स्थानीय तह निर्वाचनको विषयमा नेपाली कांग्रेस सूर्यगढीमा भएको भाडभेलौ सतहमा आएको छ ।
सूर्यगढी कांग्रेसका दुई समूहले एक अर्को समूहलाई कारवाहीको निर्णय गरेका छन् । साउन ७ गते नेपाली कांग्रेस सूर्यगढी गाँउ समितिका उपसभापति काल तामाङको अध्यक्षतामा बसेको बैठकले पार्टीको पालिका अध्यक्ष शकर प्याकुरेलसहित अर्को समहका जिम्बेवार व्यक्तिहरूलाई पार्टीको साधारण सदस्यता समेत नहरने गरी कारवाही गरेको तीन दिनपछि सभापति प्यारेलको अध्यक्षतामा बसेको बैठकले पनि आफूलाई कारवाही गर्ने तामाङ सहितको समूहलाई कारवाहीको निर्णय गरेको छ ।
गत वैशाख ३० गते सम्पन्न भएको स्थानिय निर्वाचनमा पाटीका आधिकारीक उम्मेद्धवारहररुलाई हराउन लागेको भन्दै नेपाली कांग्रेस सुर्यगढी गाउँपालिकाले गाउँपालिकाका सभापति शकर प्यारेलसहित एक दर्जन नेता तथा कार्यकता कारवाही गरेको हो । गाउँपालिकाका उप–सभापति काल तामाङको नेतृत्वमा बसेको बैठकले निर्वाचनमा आफ्नो पार्टीको आधिकारी उम्मेद्धवारलाई हराउन लागेको भन्दै गाउँपालिकाका सभापति शकर प्याकरेल, उप–सभापति रामकमार गरी सचिव शंकर शन अधिकारी र सह–सचिव प्रकाश भट्टराइलाइ कारवाही गर्ने निर्णय गरेको हो ।
यस्तै, तरुण दल नवाकोटका सचिव सुवन गिरी, सूर्यगढी(काठमाण्डौ सम्पर्क समितिका सभापति दिपेन, गिरी, नुवाकोट क्षेत्र नम्बर १ का क्षेत्रिय सदस्य ईन प्रसाद लामिछाने, नवाकोट क्षेत्र नम्बर १ को प्रदेश ९ख सह–सचिव सचिन कमार अधिकारी र चतुमन अधिकारीलाई पनि कारवाही गर्ने निर्णय भएको हो ।
बैठकमा सर्यगढी गाउँपालिकाका अध्यक्ष सन्तवहादुर घले, नेपाली कांग्रेस नवाकोट क्षेत्र नम्बर १ को प्रदेश ख का सभापति रामजी पौडेल, महाधिवेशन प्रतिनिधि कुमार गुरुङ, शिवप्रसाद अधिकारी, सूर्यगढी गाउपालिका वडा नम्बर २ र ४ का वडाध्यक्ष, पार्टीका विभिन्न प्रतिनिधि तथा विभिन्न भातृ संगठनका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।
यस्तै, पार्टीको गाउँकमिटिको उपसभापतिको अध्यक्षतामा बैठक बसेर कारवाही गरेको तीन दिनपछि काठमाडौंमा कारवाही भएकाहरूको बैठकले अर्को समूहलाई कारवाही गर्ने निर्णय गरेको छ ।
उपसभापतिले कारवाही ठोकेका सभापति शंकर प्याकरेलको अध्यक्षतामा बसेको बैठकले नवाकोट क्षेत्र नम्बर १ को प्रदेश ख का सभापति रामजी पौडेल, गाउपालिकाका अध्यक्ष सन्तवहादर घले र गाउँपालिकाको उप(सभापति काल तामाङलाई पार्टीको साधारण सदस्य समेत नरहने गरि कारवाही गर्ने निर्णय गरेको हो ।
प्रदेश सभापति पौडेललाई गत वैशाख ३० गते सम्पन्न भएको स्थानिय तहको निर्वाचनमा व्यामक आर्थिक चलखेल गरि पदिय दुरूपयोग गरेको तथा पार्टीको विधान विपरित अनाधिकत बैठक राखेर पार्टीमा विखन्डन ल्याएको भन्दै नेपाली कांग्रेसको विधान २०१७ संशोधन २०५५ परिच्छेद ९ नियम ८ अनसार हदैसम्मको कारवाहीको लागि नेपाली काग्रेस जिल्ला कार्यसमिति, प्रदेश कार्य समिति र क्षेत्र हुदै कोनिय कार्य समितिलाई कारवाही गर्न सिफारिस गरिएको सूर्यगढी गाउँपालिकाका सभापति प्यारेलले बताए ।
बैठकले पालिका अध्यक्ष सन्तबहादुर तामाङलाई २०७४ सालमा सम्पन्न भएको प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा पार्टीलाई असहयोग गरेको तथा पार्टी बिखन्डनमा महत्वपुर्ण भूमका खेलको भन्दै पार्टीको साधारण सदस्य समेत नरहने गरि कारवाही गर्ने निणय गरेको छ ।
ं
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














किस्पाङ गाउँपालिका अध्यक्ष सिंहदरबारबाटै पक्राउ
शवबाट गहना लुट्ने पाँच जना नुवाकोटबाट पक्राउ
एनआरएनएद्वारा नुवाकोट र रसुवाका बाढीपीडितलाई राहत
धादिङको जहरे सबस्टेसन मर्मतपछि पुनः सञ्चालनमा
आज हरितालिका (तीज) व्रत





प्रतिक्रिया