रसुवामा माओवादीलाई झड्का, एकदर्जन नेता एमाले प्रवेश

विदुर खबर २०७९ साउन १६ गते १७:३१

नुवाकोट । रसुवाका एक दर्जन माओवादी र कांग्रेसका नेता र कार्यकर्ता एमाले प्रवेश गरेका छन् ।

Advertisement

उनीहरुलाई नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्रि केपी शर्मा ओलिले पार्टी प्रवेश गराएका हुन् । ओलि निवास बालकोटमा आयोजित कार्यक्रममा माओवादी केन्द्रका प्रदेश कमिटि सदस्यदेखि पालिकाका उपाध्यक्ष समेत एमाले प्रवेश गरेका छन् ।

एमाले प्रवेश गर्नेहरुमा माओवादी केन्द्रका बागमती प्रदेश कमिटी सचिवालय सदस्य उद्धव रिजाल, जिल्ला कमिटि सदस्य शंकर न्यौपाने, कालिका गाउँपालिका कमिटीका उपाध्यक्ष रामशरण कुइकेल र कालिका गाउँपालिका वडा नम्बर २ का कार्यबाहक अध्यक्ष चित्रप्रसाद देवकोटा रहेका छन् ।

Advertisement

यस्तै एमाले प्रवेश गर्ने अन्यमा बलराम ढकाल, तोयानाथ न्यौपाने। मोहनसिङ थिङबहादुर लोप्चन, वीरबहादुर थिङ, फुलमाया थिङ र हितबहादुर थिङ रहेका छन् ।

उनीहरुले देशको सच्चा विकास एमालेबाट मात्रै हुने भएकोले पार्टी परित्याग गरेर एमाले प्रवेश गरेको बताएका छन् ।

Advertisement

प्रतिक्रिया