नुवाकोटमा राहदानी बढाउनेको संख्या बढ्यो

नुवाकोट । नुवाकोट जिल्लामा राहदानी बनाउनेहरुको संख्या बढ्दै गएको छ ।
जिल्ला प्रशासन कार्यालय नुवाकोटले गत आर्थिक वर्षमा राहदानी बनाउनेहरुबाट साढे दुई करोड राजश्व सकलन गरेको छ ।गत साउनदेखि जेठ सम्ममा साढे दुई करोड राजश्व संकलन भएको प्रमुख जिल्ला अधिकारी नारायण रिसालले जानकारी दिए ।
११ महिनाको अवधिमा जिल्लाबाट ४ हजार ६ सय ४० ओटा राहदानीको लागि फारम संकलन गरेकोमा ४ हजार एक सय १७ ओटा राहदानी वितरण गरिएको थियो ।
पछिल्लो समय नेपाल छाडेर रोजगारीका लागि विदेशीनेहरुको संख्या बढेको छ । दुईवर्षदेखि कोरोनाका कारण विदेश जान नपाएकाहरु आजभोलि भने जान थालेका छन । यसले बैदेशिक रोजगारमा जानेको संख्या बढ्दै गएको छ ।
बैदेशिक रोजगार विभागका अनुसार प्रत्येक दिन १५ सयको हाराहारीमा युवाहरु विदेशीने क्रम बढेको छ । जसका कारण नेपालमा पछिल्लो समय रेमिट्यान्स पनि बढेको छ ।
प्रशासन कार्यालयले राष्ट्रिय परिचयपत्रका लागि १३ हजार ८ सय ४३ ओटा फर्म संकलन गरेको जनाएको जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया