सुर्यगढीमा शंकर प्याकुरेल लगायतले पार्टीलाई घात गरेकै हो : वडा सभापति

नुवाकोट । सुर्यगढी गाउँपालिकाका सभापति शंकर प्याकुरेल लगायतले स्थानिय निर्वाचनमा पार्टीलाई घात गरेको गाउँपालिकाका सबै वडाका वडा सभापतिहरुले बताएका छन् ।
शनिवार नेपाली कांग्रेस सुर्यगढी गाउँपालिकाका ५ ओटै वडाका वडा सभापतिहरु वुधेलामा तामाङ , दिपक अधिकारी, रामवहादुर प्याकुरेल, रामशरण राई र रामचन्द्र बोगटीले सामुहिक विज्ञप्ती निकाल्दै गत वैशाख ३० गते सम्पन्न भएको स्थानिय तहको निर्वाचनमा पार्टीका आधिकारी उम्मेद्धवारहरुलाई हराउन लागि परेका व्यक्तिहरुले काठमाण्डौमा बैठक वसी गाउँमा भएका व्यक्तिहरूको किर्ते हस्ताक्षर गरि गलत मनसायले बैठक वसेर नुवाकोट क्षेत्र नम्बर १ को प्रदेश ख का सभापति र जननिर्वाचित गाउँपालिकाका अध्यक्ष र गाउँपालिका कार्य समितिका उपसभापतीलाई साधारण सदस्यवाटै हटाउने निर्णय गरेको भन्दै आपत्ति जनाएका छन् ।
वडा सभापतिहरुले निर्वाचनको समयमा उम्मेदवारी दाबी गर्ने र टिकट नपाएपछि पार्टीका आधिकारिक उम्मेदवारहरुलाई सहयोग नगरी विपक्षी पार्टीका उम्मेद्धवारलाई जिताउन ठेक्का लिएको पुष्टि भइसकेको अवस्थामा आफ्नो कर्तुत ढाकछाप गर्न, जनमानसमा अफवाह र भम फैलाउन प्रदेश सभापति र गाउँपालिकाका अध्यक्षलाई कारवाहीको नाटक रचिएको विज्ञप्तीमा भनिएको छ ।
गत बैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा विभिन्न पदको टिकटको दावी गरेका र टिकट नपाएपछि पार्टिले टिकट दिएको उम्मेदवारलाई हराउन लागि परेकाहरुलाई वडादेखि कारवाहीको माग गर्दै सिफारिस आएकोले कारवाहीमा परिने डरले उल्टो कारवाहीको नाटक मञ्चन भएको सुर्गगढी गाउँपालिका वडा नम्बर २ का वडा सभापति दिपक अधिकारीले जानकारी दिए ।
आफूले टिकट नपाएको झोकमा प्रदेश सभापति माथि आर्थिक चलखेलको आरोप लगाउँदै आफ्नो लाज छोप्न खोजिएको प्रष्ट देखिन्छ अधिकारीले भने ।
यस्तै गाउँपालिकाका अध्यक्ष सन्तवहादुर घलेलाई कारवाहीको माग गर्नु आफैमा हास्यास्पद रहेको भन्दै गाउँपालिकामा निर्वाचन छेडेका व्यक्तिलाई कारवाही गर्नुले पालिकामा कांग्रेसले जित्नु गलत भयो त ? भन्दै वडा सभापतिहरुले गाउँपालिकाका सभापति प्याकुरेललाई प्रश्न गरेका छन् ।
विज्ञप्तीमा वडा सभापतिहरुले पालिकाका सभापति प्याकुरेलले पार्टीलाई पतन बनाउन लागेको तथा निर्वाचनमा पार्टीका आधिकारी उम्मेद्धवारहरुलाई हराउन लागेको कारवाहीको माग गरेका छन् ।
उनीहरुले काँग्रेस जस्तो प्रजातान्त्रिक इतिहास बोकेको पार्टीको गाउँपालिका कार्य समितिको सभापति शकर बहादुर प्याकुरेल कनैपनि हालतमा सभापति रहन नसक्ने बताएका छन् ।
यस्तै निर्वाचनमा घात गर्ने रामकुमार गिरी, दिपेन्द्र गिरी, सूवन गिरी, ईन्द्रप्रसाद लामिछाने, सचिन्द्रकुमार लामिछाने, शकरसन अधिकारी र प्रकाश भट्टराई समेतलाई बर्खास्तीको माग गरिएको छ ।
उनीहरुले पाटी भित्र देखिएको अराजकतालाई प्रश्रय नदिन र त्यस्ता प्रवृत्ति लाई प्रोत्साहन नगर्न समेत सबै तहका पार्टीपक्ति र नेतृत्वलाई अपिल समेत गरेका छन् ।
यसअघि गाउँपालिकाका उप–सभापति कालु तामाङको नेतृत्वमा बसेको बैठकले गाउँपालिकाका सभापति शंकर प्याकुरेल लगायले स्थानिय निर्वाचनमा पार्टीका आधिकारी उम्मेद्धवारलाई असहयोग गरेको भन्दै पार्टीको साधारण सदस्य समेत नरहने गरि कारवाही गर्न जिल्ला कार्यसमितिलाई समेत अनुरोध गरेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया