गोसाईकुण्ड मेलाको तयारी शुरु
रसुवा । जनैपुर्णिमाको अवसरमा रसुवाको पवित्र तिर्थस्थल गोसाईकुण्डमा लाग्ने मेलाको तयारी शुरु भएको छ ।
नेपालकै प्रसिद्ध धार्मिक तिर्थस्थलको रुपमा रहेको गोसाईकुण्ड मेलालाई व्यवस्थिति बनाउनको लागि विभिन्न उपसमिति गठन गरिएको छ भने स्थानिय व्यवसायिहरुले पनि मेलाको लागि चाहिने आवश्यक सामाग्रीहरुको जोहो गर्न थालेका छन् ।
गोसाइकुण्ड क्षेत्र विकास समितिले यो वर्ष लाग्ने मेलालाई सहज र सुरक्षितरुपमा संचालन गर्न गत साता विभिन्न उप–समिति गठन गरेको छ ।
जिल्ला प्रशासन कार्यालय रसुवामा भएको बैठकले १४ ओटा विभिन्न उपसमिति गठन गरेको छ । सरोकारवालाहरुको भेलाले यात्रुको सहयोगार्थ यातायात, वसोवासका लागि होटल तथा लज र स्वास्थ्य एवं उद्धार व्यवस्थापन सहति १४ उपसमिति गठन गरेको हो ।
यो वर्ष साउन २७ गते जनैपूर्णिमा परेको छ । जनैपूर्णिमा साउन २७ गते भएपनि त्यसको एक साता अघिबाट नै भक्तजनहरुको आगमन हुने भएकोले तयारी थालिएको गोसाईकुण्ड क्षेत्र विकास समितिले जनाएको छ ।
यो वर्ष मेलामा १५ हजारभन्दा बढी भक्तजनहरु आउने अपेक्षा गरिएको समितिका अध्यक्ष संन्जीव विएमले जानकारी दिए ।
मेलामा ठ्लो संख्यामा भत्तजन आउने हुँदा होटल तथा लजलाई तयारी अवस्थामा रहन व्यवसायीहरुलाई आग्रह गरिएको छ ।
वर्षायाम भएकोले वेत्रावति, कालिकास्थान, धुन्चे,चन्दनवारी, र्लौरीवनायकको मार्ग प्रयोग गर्दा सुरक्षित हुने समितिले जनाएको छ ।
लेक लागेर यात्रुहरु विरामी परेमा रसुवामा कार्यरत सुरक्षा निकायले उद्धार गर्ने, यात्राको क्रममा हुन सक्ने विरामीहरुका लागि विभिन्न स्थानमा स्वास्थ्य शिविर समेत राख्ने तयारी गरिएको छ ।
कोभिडको कारण दुई वर्षसम्म यात्रुको भिड हेर्न नपाएका स्थानिय व्यवसायीहरु भक्तजनको स्वागत गर्न आतुर देखिएका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












महतको स्वास्थ्य जाँच गराउन अदालतको आदेश
देशभरका सीडीओलाई गृहको पत्र– अतिक्रमित संरचना हटाउन सुरक्षा प्रबन्ध मिलाउनू
स्लोभाकिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
देशभर बादल, धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना
रसुवागढी भन्सारले ९ महिनामा ६ अर्ब ४२ करोड राजस्व सङ्कलन गर्याे





प्रतिक्रिया