पिपलटार– बालाजु सडक निर्माण गर्न सरकारलाई निर्देशन
नुवाकोट । नुवाकोटको मुख्य नाकाको रुपमा रहेको बालाजु–रानीपौवा–पीपलटार सडक तत्काल निर्माण गर्न प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले सरकारलाई निर्देशन दिएको छ ।
देशको उत्तरी नाकाबाट राजधानी जोड्ने सो सडक तत्काल निर्माण तथा स्तरोन्नति गर्न समितिले सरकारलाई निर्देशन दिएको छ ।
समितिको बुधबार बसेको बैठकले भारतको एक्जिम बैंकको सहयोगमा निर्माणाधीन बालाजु–रानीपौवा र रानीपौवा–पीपलटार सडक खण्ड ठेक्का रद्द भई निर्माण अवरुद्ध भएकोले निर्माण कार्य तत्काल अगाडि बढाउने व्यवस्था मिलाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको हो ।
देशको उत्तरी नाकाबाट राजधानी जोड्ने महत्त्वपूर्ण सडक निर्माणको कार्य तत्काल अगाडि बढाउने आवश्यक व्यवस्था मिलाउन समिति नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो ।
उक्त सडकखण्डको दूरावस्थ भएको भन्दै नुवाकोटबाट प्रतिनिधिसभा सदस्य रहेका नेताहरुले सरकारको ध्यानाकर्षण गराएका थिए ।
वर्षौंअघिदेखि ट्र्याक खोलिएको पासाङ ल्हामुमार्गअन्तर्गत यो सडकलाई चालु आर्थिक वर्षमा बजेट विनियोजन गरिएको छैन ।
नेकपा माओवादी केन्द्रका सांसद हितबहादुर तामाङले राजमार्ग स्तरोन्नति कोषमा रहेको बजेटबाट भए पनि व्यवस्था गरेर निर्माण अगाडि बढाउनु पर्ने आइतबारको संसद् बैठकमा माग उठाएका थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











कालिन्चोक हाइड्रोपावरको आईपीओ बाँडफाँट
आज वैशाख कृष्ण औँसी, आमाको मुख हेर्ने दिन
नुवाकोटको दुप्चेश्वरमा वैशाख १८ गते ग्लानको राष्ट्रिय सम्मेलन हुने
हेटौंडामा घरमै पुगेर दिइयो राहदानी
प्रधानमन्त्रीलाई मुख्यमन्त्री बानियाँको सुझाव, गाँजा खुला गरौं





प्रतिक्रिया