पिपलटार– बालाजु सडक निर्माण गर्न सरकारलाई निर्देशन

विदुर खबर २०७९ साउन १२ गते ९:१८

नुवाकोट । नुवाकोटको मुख्य नाकाको रुपमा रहेको बालाजु–रानीपौवा–पीपलटार सडक तत्काल निर्माण गर्न प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले सरकारलाई निर्देशन दिएको छ ।

Advertisement

देशको उत्तरी नाकाबाट राजधानी जोड्ने सो सडक तत्काल निर्माण तथा स्तरोन्नति गर्न समितिले सरकारलाई निर्देशन दिएको छ ।

समितिको बुधबार बसेको बैठकले भारतको एक्जिम बैंकको सहयोगमा निर्माणाधीन बालाजु–रानीपौवा र रानीपौवा–पीपलटार सडक खण्ड ठेक्का रद्द भई निर्माण अवरुद्ध भएकोले निर्माण कार्य तत्काल अगाडि बढाउने व्यवस्था मिलाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको हो ।

Advertisement

देशको उत्तरी नाकाबाट राजधानी जोड्ने महत्त्वपूर्ण सडक निर्माणको कार्य तत्काल अगाडि बढाउने आवश्यक व्यवस्था मिलाउन समिति नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो ।

उक्त सडकखण्डको दूरावस्थ भएको भन्दै नुवाकोटबाट प्रतिनिधिसभा सदस्य रहेका नेताहरुले सरकारको ध्यानाकर्षण गराएका थिए ।

Advertisement

वर्षौंअघिदेखि ट्र्याक खोलिएको पासाङ ल्हामुमार्गअन्तर्गत यो सडकलाई चालु आर्थिक वर्षमा बजेट विनियोजन गरिएको छैन ।

नेकपा माओवादी केन्द्रका सांसद हितबहादुर तामाङले राजमार्ग स्तरोन्नति कोषमा रहेको बजेटबाट भए पनि व्यवस्था गरेर निर्माण अगाडि बढाउनु पर्ने आइतबारको संसद् बैठकमा माग उठाएका थिए ।

प्रतिक्रिया