श्रीलंकामाथि नेपालको फराकिलो जित

विदुर खबर २०७९ साउन ११ गते २२:११

नुवाकोट । भारतको भुवनेश्वरमा जारी यू–२० साफ च्याम्पियनसिपमा नेपालले लगातार दोस्रो जित निकालेको छ ।

Advertisement

कालिंगा रंगशालामा भएको खेलमा नेपालले श्रीलंकालाई ३–० को फराकिलो अन्तरले पराजित गरि प्रतियोगितामा शानदार यात्रा जारी राखेको हो ।

नेपाललाई फराकिलो जित दिलाउन कप्तान आयुष घलानले ५८ औं मिनेटमा रिबाउन्डमा गोल गरेका थिए ।

Advertisement

यस्तै कृतिषरत्न छुन्जुले ६५ औं मिनेटमा टोलीको लागि दोस्रो गोल गरे । पेनाल्टी एरिया बाहिरबाट उनले आकर्षक गोल गरेका हुन् । त्यस्तै खेलको ८४ औं मिनेटमा मनग्य नकर्मीले नजिकको दूरीबाट तेस्रो जित दिलाएर टोलीको जित पक्का पारे ।

जितपछि नेपालको दुई खेलबाट ६ अंक भएको छ । नेपाल ६ अंकसहित प्रतियोगिताको शिर्ष स्थानमा छ ।

Advertisement

नेपालसँग समान अंक भएपनि गोल अन्तरले बंगलादेश दोस्रो स्थानमा छ । यसअघि आजकै पहिलो खेलमा बंगलादेशले भारतलाई २–१ ले हराएको छ ।

प्रतिक्रिया