श्रीलंकामाथि नेपालको फराकिलो जित
विदुर खबर
२०७९ साउन ११ गते २२:११
नुवाकोट । भारतको भुवनेश्वरमा जारी यू–२० साफ च्याम्पियनसिपमा नेपालले लगातार दोस्रो जित निकालेको छ ।
कालिंगा रंगशालामा भएको खेलमा नेपालले श्रीलंकालाई ३–० को फराकिलो अन्तरले पराजित गरि प्रतियोगितामा शानदार यात्रा जारी राखेको हो ।
नेपाललाई फराकिलो जित दिलाउन कप्तान आयुष घलानले ५८ औं मिनेटमा रिबाउन्डमा गोल गरेका थिए ।
यस्तै कृतिषरत्न छुन्जुले ६५ औं मिनेटमा टोलीको लागि दोस्रो गोल गरे । पेनाल्टी एरिया बाहिरबाट उनले आकर्षक गोल गरेका हुन् । त्यस्तै खेलको ८४ औं मिनेटमा मनग्य नकर्मीले नजिकको दूरीबाट तेस्रो जित दिलाएर टोलीको जित पक्का पारे ।
जितपछि नेपालको दुई खेलबाट ६ अंक भएको छ । नेपाल ६ अंकसहित प्रतियोगिताको शिर्ष स्थानमा छ ।
Advertisement
नेपालसँग समान अंक भएपनि गोल अन्तरले बंगलादेश दोस्रो स्थानमा छ । यसअघि आजकै पहिलो खेलमा बंगलादेशले भारतलाई २–१ ले हराएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै
इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोडिने जिपलाइन सञ्चालनमा, नदी वारपार गर्न ३५ सेकेन्डमै पुगिने
देवीघाटमा त्रिशूली नदीमाथि झोलुङ्गे पुल बन्ने, एक–दुई दिनमै निर्माण सुरु हुने
किस्पाङ गाउँपालिका अध्यक्ष सिंहदरबारबाटै पक्राउ





प्रतिक्रिया