सडकको भल घरभित्र पस्दा लिखुका नारायणको विजोक
विदुर खबर
२०७९ असार ११ गते १७:५४
नुवाकोट । शनिवार विहान परेको वर्षाको कारण नुवाकोटको लिखु गाउँपालिका वडा नम्बर ३ का नारायण श्रेष्ठको घरभित्र सडकको भल पस्दा विजोक भएको छ ।

भालडाँडा सडकबाट आएको पहिरोसहितको लेदो खरमा पस्दा उनको चारकोठे पक्की भवन भएको घर, शौचालय र एउटा पुरानो घरमा क्षति पुगेको पिडित नारायण श्रेष्ठले जानकारी दिए ।

उनले सडकबाट आएको लेदो घरभित्र पस्दा घरका सबै खाद्यान्न, लुगाफाटामा क्षति पुगेको बताए । भालडाँडा जाने गाउँमा नयाँ सडकको ट्रयाक खोल्दा सडकबाट निस्किएको ढुङगा माटोले खहरे खोला पुरिएपछि सडकबाट आएको ढुङ्गा माटोसहितको पानीको भल कोठामा छिरेको उनले बताए ।

यस विषयमा गाउँपालिकाका अध्यष धुव्र श्रेष्ठलाई जानकारी गराएको उनले बताए । गाउँपालिकाका अध्यक्ष श्रेष्ठले भल पसेको घरको अनुगमनको लागि आईतवार विहान पिडितको घर जाने बताएका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













एमाले नेता खड्काद्धारा विद्यार्थीहरुलाई झोला वितरण
स्पेनको ‘बुलफाइट’ बिर्साउने नुवाकोटको गोरु जुधाइ
तादीमा जिल्ला स्तरीय वडा कप भलिबल प्रतियोगिता शुरु
नुवाकोटका गुभाजु पुनः नेपाली साझा मञ्च साउदीको अध्यक्ष चयन





प्रतिक्रिया