सरकार बनाउन दौडधुप गर्नुभन्दा अहिल्यै गठबन्धन गरेर जान्छौं : प्रवक्ता महत
नुवाकोट । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले वर्तमान सत्ता गठबन्धनले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पनि निरन्तरता पाउने बताएका छन् ।

उनले अहिलेकै अवस्थामा कुनै पनि दलको बहुमत नआउने र बहुमत नभए सरकार नबन्ने भएकाले चुनावपछि सरकार बनाउन यताउता दौडधुप गर्नुभन्दा अहिल्यै गठबन्धन गरेर जानु उपयुक्त हुने पार्टीको ठहर रहेको बताए ।
रौतहटको यमुना गाउँपालिकाको शुकदेवमा शनिबार सगरमाथा तराई अस्पतालको उद्घाटन गर्दै प्रवक्ता महतले गठबन्धनमा कसरी चुनावी तालमेल गर्ने भनेर छलफल भइरहेको बताए ।
‘हाम्रो संविधानमा ४० प्रतिशत सिट पार्टीको समानुपातिक मतको आधारमा हुने व्यवस्था छ । त्यसकारण अहिलेकै अवस्थामा कुनै पनि पार्टीले एक्लै बहुमत ल्याउन कठिन छ,’ उनले भने, ‘हाम्रो उद्देश्य कांग्रेस एक्लैले दुई तिहाई प्राप्त गर्ने हुनुपर्छ । तर, बहुमत नआएर सरकार बनाउने बेला यता-उता दौडधुप गर्नुपर्ने अवस्था नआओस् भनेर हामी अहिल्यै गठबन्धन गरेर चुनाव जान चाहन्छौं ।’
उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेको संविधानमाथिको आक्रमण र प्रतिगमतकाविरुद्ध वर्तमान गठबन्धन बनेको भन्दै ओली अहिले पनि गठबन्धनलाई असफल बनाएर मुलुकलाई प्रतिगमनतर्फ लैजान उद्यत रहेको आरोप लगाए ।
‘ओलीजी अहिले पनि गठबन्धनलाई कसरी असफल पार्न सकिन्छ भनेर लागिरहनुभएको छ,’ उनले भने, ‘तर हामी त्यस्तो हुन दिँदैनौं । गठबन्धनमा कुन पार्टीको कहाँ कस्तो अवस्था छ, के अपेक्षा छ ? त्यसबारे छलफल गरेर हामी गठबन्धनलाई निरन्तरता दिन्छौं ।’
उनले स्थानीय तहको निर्वाचनमा मधेसमा गठबन्धनले सन्तोषजनक सफलता हासिल गरेको बताए । ‘मधेसमा आठ जिल्ला हुन् । तीमध्ये चार जिल्लामा गठबन्धनको नतिजा राम्रै भयो । सप्तरी, सिरहा, महोत्तरी र बारामा मात्रै हो, त्यत्ति राम्रो परिणाम नआएको । नभए अरु चार जिल्लामा राम्रो परिणाम आएको छ,’ उनले भने ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











देशभर मनसुनी प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना
विदुर १२ भट्टगाउँमा रोपाईं गरिरहेका बेला पहिरोले खेत बगायो
करेन्ट लागेर नुवाकोटमा एक जनाको मृत्यु
आज केही ठाउँमा भारी वर्षाको सम्भावना
नुवाकोटको ककनीमा एक महिला मृत फेला





प्रतिक्रिया