जिसस रसुवाको सभापतिमा एमालेका घिमिरे
शनिबार भएको जिल्ला समन्वय समिति रसुवाको निर्वाचनमा नेकपा एमालेका अशोक घिमिरे सभापति भएका छन्।

उपसभापतिमा एमालेकै विजय लामा निर्वाचित भएका छन् । नौ सदस्यीय पदका लागि भएको निर्वाचनमा मत बराबरी भएपछि गोला प्रथा गरिएको थियो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार समितिका सदस्यहरूमा एमालेका खुवा प्रसाद पौडेल,कामी छिरिङ तामाङ नेपाली कांग्रेसका खिल प्रसाद न्यौपाने, महिला सदस्यमा एमालेबाट देशिरानि तामाङ,काग्रेस कि कारतोक लामा र सविता गुरूङ निर्वाचित भएका छन्। दलित तथा अल्पसंख्यक सदस्यमा नेपाली कांग्रेसकै पार्वती विश्वकर्मा निर्वाचित हुनुभएको छ ।
अध्यक्ष र उपाध्यक्षले मात्रै मतदान गर्न पाउने भएकाले मत बराबर आएपछि गोलाप्रथाद्वारा कार्य समिति चयन गरिएको बताईएको छ ।
पाँचवटा गाउँपालिका रहेको रसुवा जिल्लामा पालिकाको अध्यक्ष तथा उपाध्यक्षमा एमाले र कांग्रेसले पाँच – पाँच सिट जितेका थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













गाेरखामा माइक्राेबस दुर्घटना हुँदा १७ जना घाइते
स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै





प्रतिक्रिया