जिल्ला समन्वय समिति नुवाकोटका पदाधिकारीद्धारा सपथग्रहण

विदुर खबर २०७९ जेठ २८ गते ७:५४

नुवाकोट । जिल्ला समन्वय समिति नुवाकोटको सभापतिमा माओवादी केन्द्रका राजिन्द्रसिङ ठकुरी निर्विरोध निर्वाचित भएका छन् ।

Advertisement

माओवादी केन्द्र र नेपाली कांग्रेसको तर्फबाट साझा उम्मेद्धवार रहेका ठकुरीको मात्र प्रमुखको लागि उम्मेद्धवारको रुपमा नाम दर्ता भएपछि उनीसहित पुरै प्यानल नै निर्विरोध निर्वाचित भएका हुन् ।

समन्वय समितिका प्रमुख ठकुरीले आजै पद तथा गोपनियताको सपथग्रहण गरेका छन् । उनलाई मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधिश उमेशप्रसाद लुइटेलले सपथग्रहण गराएका हुन् ।

Advertisement

यस्तै जिल्ला समन्वय समितिका नव निर्वाचित प्रमुख राजिन्द्रसिंह ठकुरीले आजै जिल्ला समन्वय समितिका उपप्रमुखमा दलवहादुर तामाङ तथा सदस्यहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् ।

उनले सदस्यहरु राजेन्द्र श्रेष्ठ, रामचन्द्र पौडेल, मोहन पुडासैनी, सम्झना सेडाई, सन्तोषी देवकोटा, कान्छी सुनवार र धनमाया विकलाई पद तथा गोपनियताको सपथग्रहण गराएका छन् ।

Advertisement

जिल्लामा समन्वय समितिमा माओवादी र कांग्रेसविच गठबनधन भएर समन्वय समिति गठन गरिएको हो । सहमति अनुसार माओवादी केन्द्रले समन्वय समितिको प्रमुखसहित ३ सदस्य पाएको छ भने नेपाली कांग्रेसले उपप्रमुख सहित ४ सदस्य पाएको छ ।

यससँगै नुवाकोटको सबै स्थानिय तहमा निर्वाचन प्रक्रिया पुरा भएको निर्वाचन कार्यालयले जनाएको छ ।

नुवाकोटमा निर्वाचित जनप्रतिनिधिहरूको आधारमा माओवादी केन्द्र पहिलो र नेपाली कांग्रेस दोस्रो र नेकमा एमाले तेस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया