विदुर नगरपालिकामा कुन पार्टीले कुन वडा जित्यो

विदुर खबर २०७९ जेठ ६ गते १२:३६

नुवाकोट । नुवाकोटको सबैभन्दा बढी चासोका साथ हेरिएको स्थानिय तह हो विदुर नगरपालिका ।

Advertisement

जिल्लाको सदरमुकाम रहेको विदुर नगरपालिका कुन राजनितिक दलले जित्छ भन्ने कौतुहलताको कारण पनि विदुर नगरपालिका चर्चाको शिखरमा छ ।

विदुर नगरपालिकामा रहेको १३ ओटा वडामध्ये सबैभन्दा बढी यसपटकको निर्वाचनमा नेकपा एमालेले ५ ओटा वडा जितेको छ भने कांग्रेसले ४ ओटा वडा जितेको छ । यस्तै नेकपा माओवादीका उम्मेद्धवारले ३ ओटा वडामा जित्दा समाजवादी विदुरमा निल भएको छ । यस्तै विदुर १३ मा अहिले मतगणना भइरहँदा नेपाली कांग्रेसका उम्मेद्धवारले नै अग्रता लिएका छन् ।

Advertisement

२०७४ सालको स्थानिय तहको निर्वाचनमा ७ ओटा वडा जितेका एमाले र ६ ओटा वडा जितेको कांग्रेसले सो नतिजा दोहोराउन सकेनन् भने माओवादी केन्द्रका तीनजना उम्मेद्धवार विजयी भएका छन् ।

विदुर नगरपालिकाको कुन वडामा कसले जित्यो त ?

Advertisement

विदुर १ लेनिन रन्जित नेकपा एमाले
विदुर २ दिपक कायस्थ नेकपा एमाले
विदुर ३ बद्री रिमाल नेपाली कांग्रेस
विदुर ४ निलम ढुङ्गेल नेकपा एमाले
विदुर ५ लिलानाथ न्यौपाने माओवादी केन्द्र
विदुर ६ श्याकृष्ण चालिसे नेकपा एमाले
विदुर ७ रविन्द्र नेपाल नेपाली काग्रेस
विदुर ८ कमल श्रेष्ठ नेपाली कांग्रेस
विदुर ९ हरिराम भण्डारी माओवादी केन्द्र
विदुर १० गणेश नेपाल नेपाली कांग्रेस
विदुर ११ वावुराम लामा नेकपा एमाले
विदुर १२ उपिन्द्र खड्का माओवादी केन्द्र
विदुर १३ मतगणना जारी

प्रतिक्रिया