नुवाकोटको लिखु गाउँपालिकामा कांग्रेसको अग्रता

विदुर खबर २०७९ वैशाख ३१ गते ९:०४

नुवाकोट । नुवाकोटको लिखु गाउँपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ ।

Advertisement

वडानम्बर १ को ६ सय मत गणना हुँदा अध्यक्षमा कांग्रेका धुव्र श्रेष्ठले २ सय ७३ मत ल्याएर अग्रता लिएका छन ।

यस्तै एमालेका मेघनारायण श्रेष्ठले १८९ मत ल्याएका छन् । त्यस्तै माओवादी केन्द्रका उम्मेदवार कृष्ण बहादुर राईले ५३ मत ल्याएका छन् । त्यस्तै राप्रपाका दिपक राईले ६० मत ल्याएका छन् ।

Advertisement

उपाध्यक्षमा कांग्रेसकी सुभद्रा अधिकारीले २००, एमालेकी शान्ति राईले २०७, माओवादीकी ८३ मत र राप्रपाकी शोभा मन्जरीले ११८ मत ल्याएकी छिन् ।

वडाध्यक्षमा कांग्रेसका नरहरि पाण्डेले फराकिलो अग्रता कायम गरेका छन् । पाण्डेले ३०५ मत ल्याएका छन भने एमालेका प्रकाश पाण्डेको १९२ मत प्राप्त गरेका छन् ।

Advertisement

यस्तै माओबादीका नमराज लामिछानेको ४६ मत र राप्रपाका भोजराज लामिछानेको २९ मत रहेको छ ।

प्रतिक्रिया