जनता तर्साउनेहरूलाई मत नदिनुस् : ओली
नुवाकोट । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनता तर्साउनेलाई मत नदिन आग्रह गरेका छन् ।

आईतवार भरतपुरको चितवनमा आयोजित चुनावीसभामा ओलीले सो कुरा बताएका हुन् । उनले जनता तर्साउनेहरूलाई मत नदिन भनेका छन्, ‘पहिले पहिले धम्क्याउनेहरूलाई अझै पनि धम्क्याउने बानी गएको रहेनछ। अब धम्क्याएर काम चल्दैन। तपाईंहरूलाई भन्न चाहन्छु, कसैले धम्क्याउँदैमा दुर्घटना हुँदैन। जनतालाई तर्साउनेहरूलाई मत नदिनुस्।’ सत्ता गठबन्धनले आचारसंहिता उल्लंघन गर्दै जनतालाई तर्साएर मत मागेको आरोप पनि उनले लगाए।
फरक प्रसंगमा ओलीले भने म कांग्रेसका नेताहरूलाई सोध्न चाहन्छु, कार्यकर्तालाई केही छैन विचरा कतिको मुटु धड्किएको होला, कति पिर परेको होला? प्रकाश सपूतको गीत जस्तै पिर बिसाउने ठाँवै नै पाइनँ भने जस्तै कांग्रेसका कार्यकर्ताले कसरी र कहाँ पिर बिसाउने? विचरा छाति समातेर बस्नुभएको होला,’
उनले कांग्रेसका नेताहरूले प्रधानमन्त्री पदका लागि पार्टी सिध्याएको आरोप लगाए। के हेरेर बसेका छन् कांग्रेसका नेता, कार्यकर्ताहरू? पार्टी त सिद्धियो त,’ उनले भने। अध्यक्ष ओलीले मतदातालाई धम्क्याउनेलाई मत नदिनसमेत आग्रह गरे।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













देशभर २३ हजार ११२ मतदान केन्द्र तोकियो
प्रमुख दल निर्वाचनमा जान तयार
खड्गभञ्याङ महिला साना किसान कृषि सहकारीको छैटौं बार्षिक साधारणसभा सम्पन्न
नुवाकाेट क्षेत्र नं १ मा प्रचण्डको नाम सिफारिस
आज क्रिसमस डे मनाइँदै, सार्वजनिक बिदा





प्रतिक्रिया