भारी मन बोकेर शुशिलले कांग्रेस छाडे

विदुर खबर २०७९ वैशाख २४ गते ११:०५

नुवाकोट । नेपाली कांग्रेस नुवाकोट क्षेत्र नम्बर १ को प्रदेश (क) सभापति तथा दुप्चेश्वर –काठमाण्डौ सम्पर्क समितिका अध्यक्ष शुशिल खड्काले भारी मन बोकेर नेपाली कांग्रेस छाडेका छन् ।

Advertisement

उनले यहि वैशाख ११ गते आफुसहित दुप्चेश्वरका झण्डै ४ सय नेता तथा कार्यकर्ताका साथ नेपाली कांग्रेस परित्याग गरेका थिए । खड्कासहितका नेता तथा कार्यकर्ता एमाले प्रवेश गरेको हल्लाले नुवाकोट कांग्रेसमा भुकम्प गयो । एकाएक नेताहरुले रोक्ने प्रयास गरेपनि त्यो ढिला भइसकेको थियो ।

एमाले प्रवेश गरेपछि शुशिलले एकै शब्दमा आफुलाई पदको लोभ नभएको बताएका छन । उनले दुःख गरेका साथीहरुको सम्मान हुन नसकेको बताउँदै पदमा बस्नुको औचित्य नरहेको बताएका थिए । खड्कासँगै नेपाली कांग्रेसबाट दुप्चेश्वर गाउँपालिकाका निर्वतमान अध्यक्ष योविन्द्रसिंह तामाङले कांग्रेस छाडेर एमालेका अध्यक्ष केपी शर्मा ओलीबाट टिका लगाएर एमाले प्रवेश गरेका छन् ।

Advertisement

तामाङलाई कांग्रेसले कारवाही गरेपनि खड्कासहित नेता तथा कार्यकर्तालाई फर्काउन केन्दिय नेताहरुले पहल गरिरहेका छन् । खड्काको दुप्चेश्वरमा मात्रै नभइ टिमेकी गाउँपालिका तादी,शिवपुरीमा पनि निकै ठुलो पकड रहेकोले पनि नेताहरुको चासो खड्कामा बढी देखिएको छ ।

गत साता एकाएक खड्कासहित नेता तथा कार्यकर्ता पसन कांग्रेस फर्कने हल्लाले पुन राजनितिक माहोल तातेपनि खड्काले भने त्यो समाचारमा कुनै सत्यता नरहेको बताए । स्वार्थ केन्द्रित समुहले कुप्रचार गरेको खड्काले बताउँदै आएका छन् ।

Advertisement

खड्काले कांग्रेस फर्किने संभावना नरहेको बताए । उनले आम नेता तथा कार्यकर्ताको भावना विपरितका काम आफुबाट नहुने उनले बताएका छन् । नुवाकोटको दुप्चेश्वरमा मात्रै नभइ जिल्लामै लोकप्रिय रहेका खड्काको सबैसँग छिट्टै घुलमिल हुने वानी र सहयोगी भावनाका कारण उनलाई सबैले मन पराउने गरेका छन् ।

दुप्चेश्वरमा शिक्षा, स्वास्थ्य, खानेपानी र विकास निर्माणको काममा उनले गरेका कामहरुलाई उदाहरणीय कामका रुपमा सबैले लिने गरेका छन् ।

सम्बन्धित समाचार

शालिन नेता सुशिल खड्काको नयाँ यात्रा

प्रतिक्रिया