गठबन्धनको निर्णय नमाने कारबाही हुन्छ : गृहमन्त्री खाण

विदुर खबर २०७९ वैशाख ७ गते १९:२३

नुवाकोट । नेपाली कांग्रेसका नेता एवं गृहमन्त्री बालकृष्ण खाणले सत्तारुढ दलका नेताहरु गठबन्धनको निर्णय विपरीत गए कारबाहीमा पर्ने बताएका छन् ।

Advertisement

बुधबार रुपन्देहीको तिलोत्तमास्थित आफ्नै निवासमा पत्रकारसँग कुरा गर्दै उनले सत्तारुढ दलहरुबीच गठबन्धन गर्नु कांग्रेस केन्द्रीय समितिको निर्णय नै भएको दावी गरे ।

गठबन्धनविरुद्ध काम गरे स्थानीय तहमा मात्रै नभई प्रदेश र प्रतिनिधि सभा सदस्यको उम्मेदवार पनि बन्न नदिने गरी पार्टीले निर्णय लिने खाणले बताए ।

Advertisement

‘नेपाली कांग्रेस गठबन्धनको निर्णय कार्यान्वयनमा प्रति प्रतिबद्ध छ’, खाणले भने, ‘पार्टीको निर्णय विपरीत जाने नेता कार्यकर्ताहरुको गतिविधि नोटिस गरिएको छ, उनीहरुलाई कारवाही गरिने छ ।’

गृहमन्त्री खाणले वैशाख ३० मा स्थानीय तहको निर्वाचन हुदैन कि भन्ने आशंका नराख्न आग्रह गरे । निर्वाचनमा सहभागी नभएका दलहरुलाई स्थानीय तहको निर्वाचनमा भाग लिन सरकारले आह्वानसमेत गरेको भन्दै केही दलहरुसंग सरकार बारम्बार छलफलमा रहेको उनले बताए ।

Advertisement

प्रतिक्रिया