विदुर ७ तुप्चेमा माओवादीबाट वडाध्यक्षमा विष्णु बोगटीको नाम सिफारिस

नुवाकोट । सरकारले स्थानिय तहको निर्वाचन वैशाख ३० गते घोषणा गरेसँगै राजनितिक दलहरुले आफ्नो उम्मेद्धवार चयन गरेका छन् ।

यसैक्रममा विदुर नगरपालिका वडा नम्बर ७ तुप्चेमा माओवादी केन्द्रको तर्फबाट वडाध्यक्षमा विष्णुवहादुर बोगटीको नामा सर्वसहमत रुपमा सिफारिस गरेको छ ।
शनिवार तुप्चेमा बसेको नेकपा माओवादी केन्द्र वडा नम्बर ७ वडा कमिटिको बैठकले बोगटीलाई वडाध्यक्षमा सर्वसहमत रुपमा सिफारिस गर्ने निर्णय गरेको वडा कमिटिका अध्यक्ष योगेन्द्र तामाङले जानकारी दिए ।
हाल विदुर ७ का वडा सदस्य समेत रहेका उनले २०७४ सालमा सम्पन्न भएको स्थानिय तहको निर्वाचनमा ६ सय ९० मत ल्याएर माओवादी केन्द्रबाट विजयी भएका थिए ।
लामो समयसम्म गाविस अध्यक्षको रुपमा रहेका उनले त्यस क्षेत्रको भौगोलिक, सामाजिक र शैक्षिक विकासमा सफल नेतृत्व समेत लिइसकेका छन् ।
२०७४ सालमा सम्पन्न भएको स्थानिय तहको निर्वाचनमा वडा नम्बर ७ मा माओवादी केन्द दोस्रो स्थानमा रहेको थियो । सो वडामा नेपाली कांग्रेसका उम्मेद्धवार महेन्द्र तामाङ विजयी भएका थिए ।
यस पटकको निर्वाचनमा जिल्लामा नेपाली, कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीले गठन्धन गर्ने निर्णय गरेकोले यस वडामा कुन पार्टीले वडाध्यक्ष पाउने हुन् भन्ने कुरा चासोका साथ हेरिएको छ ।
तर विदुर ७ मा माओवादीले गठबन्धनबाट नभई एक्लै चुनाव लड्ने बताएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया