विदुर २ को वडाध्यक्षमा कांग्रेसबाट सुरजको चर्चा

नुवाकोट । सरकारले् आगामी वैशाख ३० गते स्थानिय निर्वाचनको घोषणा गरेसँगै जिल्लामा चुनावी सरगर्मी बढ्न थालेको छ ।

चियापसल, चोकचोकमा निर्वाचनकै विषयमा चर्चा हुन थालेको छ भने संभावित उम्मेद्धवारको विषयमा समते छलफल हुन थालेको छ । यसैक्रममा विदुर नगरपालिका वडा नम्बर २ मा सुरज श्रेष्ठको चर्चा हुन थालेको छ । वि.स २०५७ सालदेखि नेपाल विद्यार्थी संघबाट राजनिति शुरु गरेका श्रेष्ठ अहिले समाजसेवासँगै राजनितिमा होमिएका छन् ।
२०६१ सालमा नेविसंघको जिल्ला सदस्य, नेपाली कांग्रेसको युवा संगठन तरुण दल क्षेत्र नम्बर ३ का उपसभापति र हाल तरुण दल नुवाकोट क्षेत्र नम्बर २ को सभापति रहेका उनीसँग राजनितिकसँगै समाजसेवामा लागेर व्यवस्थापकियको रुपमा काम गरेको समेत अनुभव रहेको छ ।
पहिरोले घर बगाएको बेलकोटगढी नगरपालिकाका पहिरो पिडितहरुलाई खाद्यान्न सहयोग उपलब्ध गराउनेदेखि कोरोना भाइरसको समयमा सरकारले जारी गरेको लकडाउनको समयमा असहायहरुलाई राहात वितरणको काम समेत गरेका थिए ।

हाल बट्टार युथ क्लबको अध्यक्ष तथा नुवाकोट जिल्ला फुटवल संघको जिल्ला सदस्य समेत रहेका उनी कांग्रेस विदुर वडा नम्बर २ को संभावित वडाध्यक्षको रुपमा हेरिएको छ ।
सो वडामा अहिले कांग्रेसको तर्फबाट वडाध्यक्षमा श्रेष्ठसँगै निर्वतमान वडा सभापति भिमसेन अर्याल, वासु सापकोटा र कृष्णराज अधिकारी नाम आएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया