महतको संयोजकत्वमा कांग्रेसको निर्वाचन प्रचार प्रसार समिति गठन
नुवाकोट । नेपाली कांग्रेसले प्रवक्ता प्रकाशशरण महतको संयोजकत्वमा निर्वाचन प्रचार प्रसार समिति गठन गरेको छ । मंगलबार सम्पन्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले यस्तो निर्णय गरेको हो ।

यस्तै बैठकले उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरेको छ । तर संसदीय समिति गठन गर्ने विषयमा भने विधानमा भएबमोजिम गर्ने सहमति भएको बताइएको छ ।
यससँगै बैठकले आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने नीतिगत निर्णय पनि गरेको छ । केन्द्रीय कार्यसमिति बैठकले स्थानीय अवस्था र आवश्यकताका आधारमा अन्य दलहरूसँग चुनावी तालमेल गर्ने निर्णय गरेको हो ।
स्थानीय चुनावमा गठबन्धन गर्ने कि नगर्ने भन्नेबारे लामो रस्साकस्सीपछि कांग्रेसले गठबन्धन गर्ने औपचारिक रुपमा निर्णय गरेको हो । यद्यपि बैठकको क्रममा शेखर कोइराला पक्षका नेता तथा कार्यकर्ताहरूले गठबन्धन गर्न नहुने अडान राखेका थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











देशभर मनसुनी प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना
विदुर १२ भट्टगाउँमा रोपाईं गरिरहेका बेला पहिरोले खेत बगायो
करेन्ट लागेर नुवाकोटमा एक जनाको मृत्यु
आज केही ठाउँमा भारी वर्षाको सम्भावना
नुवाकोटको ककनीमा एक महिला मृत फेला





प्रतिक्रिया