महतको संयोजकत्वमा कांग्रेसको निर्वाचन प्रचार प्रसार समिति गठन

विदुर खबर २०७८ चैत १५ गते २१:३०

नुवाकोट ।  नेपाली कांग्रेसले प्रवक्ता प्रकाशशरण महतको संयोजकत्वमा निर्वाचन प्रचार प्रसार समिति गठन गरेको छ । मंगलबार सम्पन्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले यस्तो निर्णय गरेको हो ।

Advertisement

यस्तै बैठकले उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरेको छ । तर संसदीय समिति गठन गर्ने विषयमा भने विधानमा भएबमोजिम गर्ने सहमति भएको बताइएको छ ।

यससँगै बैठकले आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने नीतिगत निर्णय पनि गरेको छ । केन्द्रीय कार्यसमिति बैठकले स्थानीय अवस्था र आवश्यकताका आधारमा अन्य दलहरूसँग चुनावी तालमेल गर्ने निर्णय गरेको हो ।

Advertisement

स्थानीय चुनावमा गठबन्धन गर्ने कि नगर्ने भन्नेबारे लामो रस्साकस्सीपछि कांग्रेसले गठबन्धन गर्ने औपचारिक रुपमा निर्णय गरेको हो । यद्यपि बैठकको क्रममा शेखर कोइराला पक्षका नेता तथा कार्यकर्ताहरूले गठबन्धन गर्न नहुने अडान राखेका थिए ।

प्रतिक्रिया