पहिलो अभ्यास खेलमा ६७ रनले विजयी

विदुर खबर २०७५ भदौ ७ गते ०:५३

Advertisement

श्रीलङ्कामा एशिया कप क्रिकेटको छनोट खेलको तयारी गरिरहेको नेपाली राष्ट्रिय टोली आज पहिलो अभ्यास खेलमा ६७ रनले विजयी भएको छ ।

श्रीलङ्का आर्मी स्पोर्ट्स क्लबसँग उसैको घरेलु मैदान पानागोडामा टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले ४८.४ ओभरमा पूरै विकेट गुमाउँदै १९४ रन बनाएको थियो । नेपालका लागि आरिफ शेखले ८९ रनको उत्कृष्ट पारी खेलेका थिए । उनले ११८ बल खेल्दै पाँच चौका र चार छक्काको मद्दतले ८९ रन जोडेका थिए । त्यस्तै उपकप्तान ज्ञानेन्द्र मल्लले २१, सुवास खकुरेल १०, रोहितकुमार पौडेलले १२, विनोद भण्डारीले १६, ललित भण्डारीले ११ र वसन्त रेग्मीले १६ रन बनाए ।

Advertisement

१९५ विजयी लक्ष्यका साथ मैदान प्रवेश गरेको श्रीलङ्का आर्मी स्पोर्ट्सले ३६.१ ओभरमा १२७ रन बताउँदा सबै विकेट गुमायो ।
श्रीलङ्का आर्मी स्पोर्ट्सलाई १२७ रनमै सीमित गर्न सोमपाल कामी र वसन्त रेग्मीले समान तीन÷तीन तथा दीपेन्द्रसिंह ऐरीले दुई, ललित भण्डारी, ललितनारायण राजवंशीले एक÷एक विकेट लिएका थिए ।

दोस्रो अभ्यास खेल शुक्रबार ब्लुमफिल्ड क्लबसँग तथा अन्तिम अभ्यास खेल श्रीलङ्काको कोल्ट्ससँग आगामी आइतबार खेल्नेछ । यही भदौ ११ गते नेपाली टोली श्रीलङ्काबाट मलेशिया प्रस्थान गर्ने टोली व्यवस्थापक रकम शिवाकोटीले जानकारी दिनुभयो ।

Advertisement

प्रतिक्रिया