नुवाकोटमा कृषि गणनाको तयारी हुँदै

विदुर खबर २०७८ चैत १३ गते २१:००

नुवाकोट । नुवाकोटमा कृषि गणनाको तयारी शुरु गरिएको छ ।

Advertisement

कृषि गणनाको लागि अहिले सुपरिबेक्षक र गणक करारमा छनौट गर्ने काम भैरहेको कृषि गणना कार्यालय नुवाकोटले जनाएको छ । कृषि गणनाको तयारी स्वरुपमा कार्यालयले आईतवार जिल्ला स्तरिय कृषि गणना सचेतना गोष्ठि सञ्चालन गरेको छ ।

कृषि गणनाको लागि आबाश्यक सरोकारवाला निकायसँगै छलफल गर्दै राष्ट्रिय कार्यक्रमलाई प्रभाबाकरी रुपमा जिल्लामा सञ्चालन गर्न छलफल आयोजना गरेको कार्यालयले जनाएको छ । नेपालमा वि.स.२०१८ सालदेखि हरेक १० वर्षमा कृषि गणना हुँदे आएको छ । राष्ट्रिय जनगणना पछी प्रत्येक पटक कृषि गणना हुँदै आएको छ ।

Advertisement

कृषि गणना आगामी २०७९ वैशाख ६ देखि जेठ १९ सम्म सञ्चालन हुने जिल्ला कृषि गणना कार्यालय नुवाकोटले जनाएको छ । नुवाकोटको १२ स्थानिय तहको २ सय २१ गणना क्षेत्र निर्धारण गरि कृषि गणना हुने भएको छ । त्यस मध्येबाट ५ हजार ५ सय २५ किसान परिवार छनौट गरि कृषि गणना हुने जिल्ला कृषि गणना कार्यालय नुवाकोटका प्रमुख नरेन्द्र शर्माले बताए ।

पारिवारिक, व्यावसायिक तथा संस्थागत रुपमा सञ्चालन भइरहेका कृषि कार्यको विवरणहरु संकलन गरिने कार्यालयले जनाएको छ । ‘कृषि गणनामा नुवाकोटको १२ वटै तहमा पुगेर सेम्पलिङ्गबाट ५ हवार ५ सय २५ किसान परिवारबाट तथ्यांक संकलन गर्ने योजना रहेको छ । त्यसका लागी नुवाकोटमा २२ जना सुपरिबेक्षक र २ सय २१ जना गणक परिचालन हुने छ ।

Advertisement

एकजना गणकले ३ गणना क्षेत्रमा गएर तथ्याङक संकलन गर्ने छन । यहि चैत्र १ गतेदेखि कृषि गणना कार्यालय स्थापना गरि कार्यालयले काम सुरु गरिसकेको छ । कृषकले चलन गरेको जग्गाको आकार, जग्गाको उपभोग र उपयोग, बाली लागेको क्षेत्रफल र बालीको उत्पादन, सिंचाइ, पशुपक्षीको सङ्ख्या, कृषि औजारको उपयोग, कृषि–कार्यमा संलग्न जनशक्ति, महिलाको नाममा भएको जग्गा लगायतको बिवरण संकलन गरिने छ ।

यस्तै, कृषि वन, कृषि ऋण, बीमा, अनुदान, कृषि कार्यमा जलवायु परिवर्तनको प्रभाव, हरित गृह पद्धतिको प्रयोग, माटो परीक्षण, पशुआहारको श्रोत, कृषि बजारसम्मको पँहुच, कृषि अवशेष वा फोहोरको व्यवस्थापनलगायत कोभिड १९ ले कृषि क्षेत्रमा पु¥याएको असरजस्ता विविध विषयमा तथ्याङ्क सङ्कलन गरिने कृषि गणना कार्यालय नुवाकोटका प्रमुख नरेन्द्र शर्माले जानकारी दिए ।

प्रतिक्रिया