नुवाकोटको किस्पाङमा भरुवा बन्दुकसहित एकजना पक्राउ

विदुर खबर २०७८ चैत १३ गते १८:३९

नुवाकोट । नुवाकोटको किस्पाङ गाउँपालिकाबाट एक जना पक्राउ परेका छन् ।

Advertisement

पक्राउ पर्नेमा गाउँपालिका वडा नम्बर ३ किर्नेबगरका ३३ वर्षिय गोम्बो तामाङ रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
आईतवार विहान साढे ६ बजेतिर तामाङलाई आफ्नै घरको पिडिमा बसी भरुवा बन्दुकसफा गरी रहेको अवस्थामा प्रहरीको गस्ती टोलीले फेला पारेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

उनीसँग हातहतियार राख्न पाउने कुनै ईजाजत नरहेको पाईएकाले पक्राउ गरी जिल्ला अदालत नुवाकोटमा पेश गरिएको छ ।

Advertisement

जिल्ला अदालत नुवाकोटले हातहतियार तथा खरखजाना सम्बन्धी कसुर मुद्दामा ४ दिनको म्याद थप गरी थप अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

प्रतिक्रिया