नुवाकोटको किस्पाङमा भरुवा बन्दुकसहित एकजना पक्राउ
विदुर खबर
२०७८ चैत १३ गते १८:३९
नुवाकोट । नुवाकोटको किस्पाङ गाउँपालिकाबाट एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा गाउँपालिका वडा नम्बर ३ किर्नेबगरका ३३ वर्षिय गोम्बो तामाङ रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
आईतवार विहान साढे ६ बजेतिर तामाङलाई आफ्नै घरको पिडिमा बसी भरुवा बन्दुकसफा गरी रहेको अवस्थामा प्रहरीको गस्ती टोलीले फेला पारेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
उनीसँग हातहतियार राख्न पाउने कुनै ईजाजत नरहेको पाईएकाले पक्राउ गरी जिल्ला अदालत नुवाकोटमा पेश गरिएको छ ।
जिल्ला अदालत नुवाकोटले हातहतियार तथा खरखजाना सम्बन्धी कसुर मुद्दामा ४ दिनको म्याद थप गरी थप अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














शवबाट गहना लुट्ने पाँच जना नुवाकोटबाट पक्राउ
एनआरएनएद्वारा नुवाकोट र रसुवाका बाढीपीडितलाई राहत
धादिङको जहरे सबस्टेसन मर्मतपछि पुनः सञ्चालनमा
आज हरितालिका (तीज) व्रत
तारकेश्वरमा ७४ घरको एकीकृत बस्ती बन्ने, पुनर्वास प्रक्रिया सुरु





प्रतिक्रिया