अनेरास्ववियु विदुर कमिटिको अध्यक्षमा चालिसे

नुवाकोट । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु विदुर नगर कमिटिको अध्यक्षमा सन्तोष चालिसे निर्वाचित भएका छन् ।

शनिवार भएको नगरपालिकाको पहिलो सम्मेलनबाट चालिसेको नेतृत्वमा ३९ सदस्यीय कार्यसमिति निर्विरोध चयन भएको हो । कमिटिको उपाध्यक्षमा अरुण खनाल, सचिवमा कबिन्द्र अधिकारी चयन भएको अनेरास्ववियुका नेता विष्णु दाहालले जानकारी दिए ।

यस्तै कमिटिको सह–सचिवमा शिबराम भट्ट, आशा तामाङ र रोजित खान चयन भएका छन् भने कोषाध्यक्षमा सोमु नगरकोटी निर्वाचित भएका छन् । निर्वाचित कार्यसमितिले शनिवार नै सपथग्रहण गरेको छ ।
कार्यक्रममा शुभकामा व्यक्त गर्दै नेकपा एमालेका नेताहरु केशव पाण्डे, ठाकुर गजुरेल, अनुजकुमार श्रेष्ठ र निलम ढुङ्गेलले सग्रह विद्यार्थीहरुको हिक हित र अधिकारको लागि सर्ध अनेरास्ववियु लड्ने विश्वास व्यक्त गरे ।

उनीहरुले आगामी वैशाख ३० गते सरकारले स्थानिय तहको निर्वाचनको मिति घोषणा गरेको भन्दै निर्वाचनमा सम्पुर्ण नेता तथा कार्यकर्तालाई केन्द्रित ह्ुन निर्देशन दिएका थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया