डब्लूएचआर बाग्मति प्रदेश अध्यक्षमा नुवाकोटकी पौडेल
विदुर खबर
२०७८ चैत १० गते २०:०४

नुवाकोट । मानव अधिकारको लागि महिला, एकल महिला समूह (डब्लूएचआर) को बाग्मति प्रदेश अध्यक्षमा नुवाकोटकी देवकी पौडेल चयन भएकी हुनुभएको छ ।

शुक्रवार काठमाण्डौमा भएको अधिवेशनले पौडेललाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।अध्यक्षमा निर्वाचित भएकी अध्यक्ष पौडेल यसअघि बाग्मति प्रदेशकै उपाध्यक्ष रहनुभएको थियो ।
सशस्त्र द्वन्द्वका बेला नेपाली सेनामा कार्यरत श्रीमानको मृत्यु भएपछि पौडेलले आफूजस्तै एकल महिलाहरुलाई संगठित गरी नुवाकोटमा डब्लूएचआरलाई क्रियाशील बनाउँदै आउनुभएको थियो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया