ज्योति विकास बैंकद्धारा देउराली स्वास्थ्य केन्द्रलाई बेबी वार्मर प्रदान

विदुर खबर २०७८ चैत ९ गते २०:५६

नुवाकोट । ज्योति विकास बैंकले म्यागङ गाउँपालिका वडा नंम्बर ३ देउरालीमा रहेको देउराली प्राथमिक स्वास्थ्य केन्द्रलाई बेबी वार्मर प्रदान प्रदान गरेको छ ।

Advertisement

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित हाम्रो विकास प्रवद्र्धन कोषू मार्फत स्वास्थ्य केन्द्रलाई राष्ट्रिय आविष्कार केन्द्रद्वारा स्वदेशमै निर्मित बेबी वार्मर प्रदान गरेको जनाएको छ ।

बेबी वार्मरले नवजात शिशुको शारिरिक तापक्रम उचित बनाई राख्न सहयोग गर्दछ । बैंकले ूहाम्रो विकास प्रवद्र्धन कोषू मार्फत “न्यानो नानी” परियोजना अन्तर्गत हालसम्म देशका २३ विभिन्न अस्पतालहरुलाई बेबी वार्मर प्रदान गरिसकेको जनाएको छ ।

Advertisement

प्रतिक्रिया