निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्यन गर्न सरोकारवालाहरुको जोड

विदुर खबर २०७८ चैत ९ गते १९:२१

नुवाकोट । निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्यन गर्न सरोकारवालाहरु जोड दिएका छन् ।

Advertisement

बुधवार विदुरमा निर्वाचन आयोग र नेपाल कानुन समाजद्धारा आयोजित निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्यन र सरोकारवालाहरुको भुमिका विषयक अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहश्रे जोड दिएका छन् ।

कार्यक्रममा बोल्दै नुवाकोट जिल्ला अदालतका न्यायधीश उमेशप्रसाद लुइटेलले निर्वाचन आचारसंहिता पालना गर्नु सबै राजनितिक दलको कर्तव्य भएको बताए । उनले निर्वाचनाई विवादमुक्त बनाउन सबै राजनितिक दलहरुको सामुहिक प्रतिवद्धता आवश्यक रहेको उल्लेख गरे ।

Advertisement

कार्यक्रममा निर्वाचन आयोगका सह–सचिव यज्ञप्रसाद भट्टराईले निर्वाचन आचार संहिताको विषयहरु र सरोकारवालाहरुको भुमिका र निर्वाचन आचारसंहिताको कार्याँयन तथा अनुगमनको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । उनले प्रस्तुत गरेको कार्यपत्रमा निर्वाचनलाई निष्पक्ष, पारदर्शिता र भएमुक्त वातावरण बनाउन सबैले आचारसंहिताको अक्षरंश पालना गर्नुपर्ने उल्लेख गरेका थिए ।

यस्तै कार्यक्रममा गण्डकी सरकारका पुर्व मुख्य न्यायधीवक्ता डा. राजेन्द्र घिमिरेले स्थानिय सरकार निर्वाचनको खर्च तथा प्रचार–प्रसारको विषयमा प्रकाश पारेका थिए ।

Advertisement

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तामान तामाङले भयर हितरुपमा निर्वाचन सम्पन्न गराउन सबै राजनितिक दलहरुको सामुहिक प्रतिवद्धताको खाँचो रहेको बताए ।

यस्तै कार्यक्रममा नेपाली कांग्रेस नुवाकोटका उप–सभापति राजु थापाले निर्वाचनको आचारसंहिताको सही ढंगले पालना गर्न सबै राजनितिक दलहरुको आचरण शुद्ध हुनुपर्ने बताए । उनले सामाजको मानसिकता परिर्वतन नभएसम्म निर्वाचन खर्च कम गर्न नसकिने बताए । त्यस्तै नेकपा एमालेका उपाध्यक्ष बृद्धि प्रधानले निर्वाचन आचारसहिंता पालना सबै दललाई समान रुपमा लागु हुनुपर्ने बताए ।

यस्तै नेकपा माओवादी केन्द्र नुवाकोटका संयोजक पुष्प लामिछाने, उपभोत्ता हित संरक्षण मञ्च नुवाकोटका अध्यक्ष इन्द्र पण्डित,नेकपा माओवादी केन्द्र विदुर नगरपालिकाकी अध्यक्ष प्रभा बोगटी, कांग्रेस नेतृ बिन्दा अर्याल, बद्री त्रिपाठी, नुवाकोट उद्योग वाणिज्य संघका वरिष्ट उपाध्यक्ष गिता अमात्य लगायलते निर्वाचनको आचारसंिहता पार्टी, व्यक्ति र शक्ति हेरेर लागु हुने गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए । उनीहरुले निर्वाचनको आचारसंहिता विगतमा पनि लागु भएपनि कार्याँयन फितलो भएको भन्दै आगामी निर्वाचनमा सुधार हुनुपर्ने माग गरे ।

कार्यक्रममा नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष तारावहादुर कार्की, नागरिक समाज नुवाकोट अध्यक्ष वावुराम लामिछाने, नेपाल उद्योग वाणिज्य संघका सदस्य राजन श्रेष्ठ, विभिन्न राजनितिक दलका प्रतिनिधि, सुरक्षाकर्मी र सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया