स्थानिय चुनाव : म्यागङ गाउँपालिकामा जसपाको निर्णायक मत

विदुर खबर २०७८ चैत ८ गते २२:१२

नुवाकोट । सरकारले स्थानिय तहको निर्वाचन वैशाख ३० गते घोषणा गरेसँगै नुवाकोटमा चुनावी सरगर्मी बढेको छ ।

Advertisement

१० ओटा गाउँपालिका र २ ओटा नगरपालिका रहेको नुवाकोटमा आगामी स्थानिय चुनावमा तीन दलिय प्रतिष्पर्धा रोचक हुने देखिन्छ ।

तर म्यागङ गाउँपालिकामा भने कांग्रेस, माओवादी र एमाले मात्रै नभई जनता समाजवादी समेत प्रतिष्पर्धामा देखिएको छ । समाजवादीले म्यागङ गाउँपालिकामा राम्रो संगठन विस्तार गर्दा झन्डै एमाले समानको हैसियत बनाएको छ ।

Advertisement

सके एक्लै लडेर पालिका कब्जा गर्ने नसके कांग्रेसवाहेकका दलहरुसँग गठबन्धन बनाएर चुनाव लड्ने तयारीमा रहेको जसपाका नेताहरु बताउँछन् । यदपि केन्द्रबाट गठबन्धन बनेमा पनि जसपाले म्यागङ गाउँपालिका कुनै पनि हालतमा नछोड्ने बताएको छ ।

जसपाबाट गाउँपालिकाको अध्यक्षमा राजन वम, मानसिंह तामाङ र अजित तामाङको नाम चर्चामा छ । यस्तै उपाध्यक्षमा लिलुमाया तामाङ र पैकुमाया तामाङको नाम उपाध्यक्षमा चर्चामा आएको छ ।

Advertisement

समाजवादीले म्यागङ गाउँपालिकामा राम्रो संगठन विस्तार गरेकोे समेत त्यहाँको निर्वाचन जित्न सबै हत्कण्डा अपनाउने तयारी गरेको छ ।

प्रतिक्रिया