नुवाकोटका नमराज सानै उमेरमा ‘सिनिएर क्यामरा मेन’ बने

नुवाकोट । नुवाकोट जिल्ला लिखु गाउँपालिका वडा नं ४ चौघडा, बगैचाका नमराज घिमिरे राजधानी काठमाडौंमा गतहप्ता सम्पन्न नेपाली आर्ट कल्चर एण्ड म्यूजिक भिडियो अवार्डबाट सम्मानित भएका छन् ।

नुवाकोटको लिखु गाउँपालिका वडा नं ४ चौघडामा बुबा रामकृष्ण घिमिरे र आमा सीतादेवी घिमिरेको जेठो सन्तानका रुपमा जन्मिएका घिमिरे सानैदेखि मेहनती, लगनशील र मिलनसार युवा हुन् । चौघडामा रहेको क्षेत्रपाल माविबाट औपचारीक शिक्षा हाशिल गरेका घिमिरे सानैदेखि फोटो र भिडियो खिच्न चासो राख्थे । क्षेत्रपाल क्याम्पसबाट उच्च शिक्षा सकेर काठमाडौं आई संघर्ष गर्दैगर्दा क्यामेरा मेन बन्ने मौका जुर्यो र सोही अवसरलाई सदुपयोग गर्दै उनले लगनशील भएर काम गर्दै गए । आफूले खिचेको भिडियोको राम्रो प्रभाव गर्दै गएकोले २० वर्षकै कलिलो उमेरमा उनी सिनियर क्यामेरा मेन बन्न सफल भएको घिमिरेको भनाई रहेको छ ।
अहिले सम्ममा ‘हे ब्यूटी,’ ‘वर्षदिनको दशैं तिहार’, ‘ढाँटे जस्तो भयो’, ‘मन त मनै हो’, ‘कति गहिरो फेवाताल’, ‘औंठी सुनैको’, ‘प्रदेशी मन’, जस्ता सयौं गीतका साथै रुद्राक्ष, हालत खराब, फोकटलाल, पुतलीको भट्टी जस्ता टेलिचलचित्र र कयौं व्यवसायीक विज्ञापन निर्माणमा समेत सिनियर क्यामरामेनको भूमीका निर्वाह गरेका घिमिरे हिजोआज पनि यस्तो काममा व्यवस्त नै देखिन्छन् ।
खासगरी उनी आजभोली दैनिकजसो सुटिङको दृश्य खिच्नमै कहिले पूर्व त कहिले पश्चिमको यात्रामा व्यस्त देखिन्छन् । यसरी लगनशील भएर काम गर्दै जाँदा पहिलो पटक २०७५ सालमा प्रथम अनलाईन लोकदोहोरी अवार्ड हात पर्न सफल भएका घिमिरे त्यसपछि ‘बक्स अफिस दशैं-तिहार अवार्ड’, ‘तेस्रो एपिक अवार्ड’ जस्ता अवार्डहरू हात पार्न सफल भएका छन् ।
सोही क्रममा गतहप्ता मात्रै सम्पन्न ‘नेपाली आर्ट कल्चर एण्ड म्युजिक भिडियो’ अवार्डबाट पनि उनी उत्कृष्ट छायांकारको रुपमा सम्मानित भएका छन् ।
यसरी लगनशिलताले नै ठूलो सफलतामा पुर्याउँछ भन्ने एक उदाहरणीय ब्यक्ति बनेका छन् नमराज घिमिरे । उनको पेसा र सफलताले शिखर चुम्दै जावस् हाम्रो पनि शुभकामना ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया