गेर्खुमा गुमेको विरासत फर्काउने अभियानमा कांग्रेस

विदुर खबर २०७८ चैत ८ गते २०:५९

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ११ मा आफ्नो गुमेको विरासत फर्काउन नेपाली कांग्रेस फेरि लागिपरेको छ ।

Advertisement

हरेक चुनावमा शतप्रतिशत कांग्रेसको भोट बैंक रहदै आएको गेर्खुमा कांग्रेस एकजुट नबन्दा चारवर्षअघि सम्पन्न भएको स्थानिय चुनावमा पार्टीले नराम्रो पराजय भोगेको थियो ।

त्यही नमिठो हारको पाठ सिकेर गेर्खुमा अहिले कांग्रेस एकजुट बन्दै विरासत फर्काउन घरदैलो अभियान लिएर सबैको घरघरमा पुगेको छ ।

Advertisement

तत्कालिन नेकपाको फुट र एमालेबाट धेरैजना एकिकृत समाजवादी प्रवेश गर्दा कांग्रेसले त्यसको लाभ पाउने भन्दै कांग्रेसका नेताहरु यतिवेला गुमेको विरासत फर्कने भन्दै मतदाताको घरघरमा पुग्न थालेका छन् ।

वडामा घर जाऊ, कांग्रेस जिताउ अभियान शुरु भएसँगै गाउँगाउँमा चुनावी रौनक बढेको र कांग्रेसप्रति जनताको आर्कषण बढेको विदुर नगरपालिका वडा नम्बर ११ का वडा सभापति शेरवहादुर घलेले जानकारी दिए ।

Advertisement

उनले वडामा आफ्नो पार्टीको गुमेको विरासत फर्काउन सबै एकजुट भएर अघिबढ्ने बताए ।

यसैविच विदुर ११ गेर्खुमा कांग्रेसको तर्फबाट वडाध्यक्षमा आधा दर्जनभन्दा बढी आकांक्षी देखिएका छन् ।

कांग्रेसको तर्फबाट वडाध्यक्षको आकांक्षी देखिएकाहरुमा वर्तमान वडा सभापति शेरवहादुर घले, रंगनाथ नेपाल, चन्द्रवहादुर प्याकुरेल, कृष्णमान घले, विष्णुप्रसाद तिमल्सिना र जर्नादन न्यौपाने लगायत रहेका छन् ।

प्रतिक्रिया