अब ‘सूर्य’मा ग्रहण लागिसक्यो : नेपाल
नुवाकोट । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले र माओवादी केन्द्र एकता भई २०७५ मा गठन भएको नेकपाको निरन्तरता आफ्नो पार्टीले गरिरहेको बताएका छन् । केपी शर्मा ओली एमालेको अध्यक्ष भएर पार्टीलाई दुरुपयोग गरेको पनि बताए ।

गोरखामा शनिबार आयोजित पार्टीको कार्यक्रममा अध्यक्ष नेपालले भने, ‘मूलधारको पार्टी हाम्रो हो । मूलधारको पार्टी हुनाले अहिले हाम्रो पार्टीको महत्व जनताले बुझिसकेका छन् । हामीले विद्रोह गरेर निर्माण गरेको पार्टी नेकपाको निरन्तरता हो । नेकपा एमाले अब एमाले रहेन । ‘बी’माले, ‘सी’माले भन्नुस् । सूर्यमा ग्रहण लागिसकेको छ ।’
एकीकृत समाजवादी पार्टी मूलधारको पार्टी भएको उनको दाबी थियो । एकीकृत समाजवादीको महत्व जनताले बुझिरहेको पनि नेपालको भनाइ थियो । पार्टी अहिले सुदूरपश्चिम र मधेस प्रदेशमा सबैभन्दा ठूलो रहेको र प्रदेश १ र बागमतीमा सरकारको नेतृत्वमा रहेको पनि उनले बताए ।
एमाले छोडेर एकीकृत समाजवादीमा आउने नेता र कार्यकर्ताको ठूलो पंक्ति आइरहेको पनि नेपालको भनाइ थियो । उनले अबको चुनावले एकीकृत समाजवादी जनतामा स्थापित हुने र एमाले कमजोर बन्ने उनको दाबी थियो ।
कार्यकर्तालाई उच्च मनोबलका साथ प्रत्येक वडा र पालिकामा संगठन विस्तार गर्नका लागि नेपालले निर्देशन दिएका थिए । पार्टी खोल्नै सक्दैनन् भन्नेहरूलाई जवाफ दिइएको भन्दै उनले अब पार्टीलाई देशव्यापी बनाउनका लागि निस्वार्थ भावनाका साथ लाग्न आग्रह गरेका थिए ।
‘नयाँ पार्टी खोल्नै सक्दैन, केपी ओलीसँग टक्कर लिन सक्ने यो धरतीमा कोही छैन भन्ने थियो,’ उनले भने । उनले २०३२ सालको कोअर्डिनेसन केन्द्र, त्यसपछि माले र २०४७ सालमा एमाले जन्माउने आफू भएको बताए । २०७५ मा नेकपा भएको र त्यसलाई पार्टीभित्र विवाद उत्पन्न भएपछि ओलीले प्रधानमन्त्री पदको दुरुपयोग गरेर विभाजन गरेको उनले आरोप लगाए । ‘२०७५ जेठ २ गते जन्मेको नेकपा २०७७ फागुन २३ गतेको फैसलाबाट मिलिसकेको पार्टी पनि एकता हुँदैन भनेर केपी ओलीको षडयन्त्रको कारणले गर्दा फुट्यो,’ उनले भने ।
ओली २०७४ सालको चुनावमा माओवादी केन्द्रका अध्यक्षसँग मिलेर पहिलो दलको नेता बनेको नेपालको भनाइ थियो । ‘उनले प्रचण्डको काँधमा चढेर आफूलाई अग्लो देखाउन खोजे,’ उनले भने । ओलीको कार्यशैली गलत भएको र एमालेमा बस्न सक्ने अवस्था नरहेकाले विद्रोह गर्नुपरेको उनको भनाइ थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया